लन्डन। गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूकेले नेपालमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका जेन जी पुस्ताका युवामाथि भएको निर्मम दमन र हत्याप्रति घोर भर्त्सना गरेको छ । प्रेम गाहा मगर नेतृत्वको संघले विज्ञप्ति जारि गर्मादै ८ सेप्टेम्बरमा काठमाडौंसहित विभिन्न शहरमा भ्रष्टाचारविरुद्ध प्रदर्शनमा सहभागी विद्यार्थीमाथि भएको गोली प्रहार र हत्यालाई “अमानवीय र निर्मम अपराध” उल्लेख गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “न्याय, पारदर्शिता र जनअधिकारका पक्षमा आवाज उठाउने यी युवाहरू आज भ्रष्टाचार विरोधी आन्दोलनका सहिद बनेका छन्। हामी उनीहरूको बलिदानलाई उच्च सम्मानका साथ स्मरण गर्दै नेपालका जेन–जेड सहिद घोषणा गर्दछौं।”
प्रेस विज्ञप्ति








