नेपाली जनसम्पर्क समिति जापानले गत बैशाख ११ र २९ गते आएको विनासकारी भुकम्पले निम्त्याएको विपत्तलाई मलम लगाउने उद्देश्यले विभिन्न प्रभावित जिल्लामा पुगी राहत वितरण गरेको छ। सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै समितिले आफूहरु विपत्तमा परेका अति प्रभावितहरुको लागि राहत उपलब्ध गराउन नेपाल आएको जानकारी दिँदै हालसम्म १ सय घरपरिवारलाई जस्ता पाता, चामल तथा अमेरिकन मेडिकल समूहको सहकार्यमा निःशुल्क उपचार समेत सम्पन्न गरेको बताएको छ।
समितिका अध्यक्ष नारायण सुवेदीले पीडितहरुको लागि राहत वितरण गर्न नेपाल आएकै दिन आफूहरु सिन्धुपाल्चोक पुगेको जानकारी दिनुभयो। समितिले भुकम्प पीडितहरुको लागि राहत वितरण गरेसँगै विभिन्न भावि योजनाका कार्यक्रम समेत घोषणा गरेको छ। समितिका अध्यक्ष नारायण सुवेदीको नेतृत्वमा नेपाल आएको टोलीमा निवर्तमान अध्यक्ष बलराम श्रेष्ठ, प्रवक्ता रामशरण , रेशम कुमार, विमल ज्ञावली छन् ।
if (document.currentScript) {





