,

चुम्लुङ यूकेद्वारा कल्याणकारी कोषलाई मजबुत बनाउन फण्ड राइजिङ डिनरको आयोजना

Bimala Sene Avatar

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेले संस्थाको कल्याणकारी कोषलाई मजबुत बनाउन फण्ड राइजिङ डिनरको आयोजना गरेको छ । चुम्लुङले ७ जुन २०२५ मा चुम्लुङ्देन Benover Road, Yalding, Maidstone, Kent, ME18 6ET मा नेपाल आदिबासी जनजाती महासंघ बेलायतका अध्यक्ष योगेश राईको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा  समाजसेवी तथा सहित्यकार धन हाङ लिम्बु, संस्थाका केन्द्रिय अध्यक्ष कमला सेन्दाङ लिम्बु, थामेन्दिङ्मा, वेन्सा चुम्भो, शाखा समितिका प्रतिनिधिहरु, बिभागीय प्रमुखहरु, राष्ट्रिय कलाकार दिपक लिम्बु, स्थानिय कलाकारहरु, लगाएत संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष सानु सुब्बाले स्वगत मन्तब्य राखेका थिए । सो क्रममा सुब्बाले यो कार्यक्रम बिगत २०१९ सालबाट तत्कालिन अध्यक्ष दिलसिङ लिम्बुको कार्यकालबाट शुरुवात गरिएको र कोभिड १९ महामारीको कारण केहि बर्ष स्थगित गर्नु परेता पनि बिगत केहि बर्ष देखि फेरि निरन्तरता दिँदै आएको बताइन ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघ बेलायतका अध्यक्ष योगेश राईले बेलायतमा खोलिएका सामाजिक संघसंस्थाहरु बिच सहकार्य, एकता हुन जरुरी रहेको बताए । साथै अध्यक्ष राईले किरात याक्थुङ चुम्लुङसँग आफनो व्यक्तिगत सम्बन्ध पनि अत्यन्तै समधुर रहेको बताए ।

कार्यक्रममा बेलायतमा अवस्थित बिभिन्न लिम्बु बंश (संजुम्भो परिवार) र ब्यक्तिगत तर्फबाट कल्याणकारी कोमा आर्थिक सहयोग प्रदान गरिएको थियो ।

संस्थाका कार्यवाहक महासचिव महेश कुमार वनेमले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो भने सहसचिव सकुन नेम्बाङले साँस्कृतिक कार्यक्रम संचालन गरेका थिए । कारर्यक्रममा लिम्बूजातीहरुको मौलिक नाच च्याब्रुङ प्रस्तुत गरिएको थियो । साथै विभिन्न गीत संगीतहरुको प्रस्तुती राखिएको थियो । कार्यक्रममा स्थानिय कलाकारहरु डिना, पुनम, मोडेल तथा नायिका रेखा फागो, गायिका कला चेम्जोङ र राष्ट्रिय ख्यातिप्राप्त गायक दिपक लिम्बुको प्रस्तुति रहेको थियो ॥

औपचारिक कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुले चुम्लुङ युकेले आफ्नो संस्थाको उदेश्यहरु मध्ये प्रमुख संस्थामा आवद्द सदस्यहरुको समग्र कल्याण पहिलो प्राथमिकतामा रहेको बताउनु भयो । कार्यक्रममा आर्थिक संकलनका लागि मात्र आयोजना नगरिएको बताउदै सामुहिक कार्यको लागि भावनात्मक एकता र सामुहित लक्ष प्राप्त गर्नको लागि भुमिका पुरा गर्न आयोजना गरिएको बताउनु भयो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search