,

कुलमान घिसिङ ११ अगस्टमा बेलायत आउँदै, घिसिङसँग साक्षात्कार गर्न नेपाली समुदाय उत्साहित

Gurkha Channel Avatar

लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ बेलायत आउने भएका छन् । घिसिङ हाल अमेरिका रहेका छन् । उनी ११ अगस्टमा लन्डन आइपुग्ने तय भएको छ ।

छिट्टै बेलायत आउन लागेका कुलमानसँग एनआरएनए यूकेले आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ गर्ने तयारी गरेको छ । उनलाई पाइपर धुनका साथ स्वागत गरेर नागरिक अभिनन्दन गरिने छ । कुलमानसंग एनआरएनए यूकेले आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ गर्ने तयारी गरेको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले घिसिङसंग साक्षात्कार गर्न बेलायतस्थित नेपाली समुदाय निकै उत्साहित भएको बताए । ‘अहिले नै नेपाली संघसंस्थाले २२ वटा टेबल बुक गरिसक्नु भएको छ । तामाङ घेदुङ यूकेका अध्यक्ष हरिसिंह वाइवा (तामाङ) ले मात्र ४० गेष्ट कन्फर्म गर्नु भएको छ’, अध्यक्ष गाहामगरले भने, ‘हामी अन्य ठूला संघसंस्थाहरु र व्यक्तिलाई समेत आमन्त्रण गर्दछौँ। किनकि उज्यालोका प्रतीक र देशलाई केहि गर्छु भन्ने निस्वार्थ भावना भएका व्यक्ति कुलमानसंग साक्षात्कारको अवसर फेरि नआउन सक्छ।’

उनले बेलायतवासी समस्त नेपाली र विशेषगरि भूतपूर्व गोर्खाहरुलाई कार्यक्रममा आउन अपिल गरे । सो अवसरमा अब नयां वैकल्पिक शक्तिमार्फत राजनीतिमा प्रवेश गर्न लागेको चर्चा भइरहंदा घिसिङले आफ्नो भावी योजना सुनाउनेछन् । साथै सहभागीहरुले उनलाई विभिन्न जिज्ञासा समेत राखेर आफ्ना सुझाव दिन सक्नेछन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search