लन्डन । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ बेलायत आउने भएका छन् । तमुधिं यूकेको निम्तोमा घिसिङ आगामी २४ अगस्टमा हुने नेपाली मेलामा घिसिङ विशिष्ट अतिथीको रुपमा उपस्थित हुने तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जानकारी दिए ।
लोकप्रिय प्रशासक घिसिङज्यूको उपस्थितिले सिंगो मेलाको रौनक बढ्ने आशा गरेका अध्यक्ष गुरुङले बताए । साथै घिसिङले तमुधिं यूकेको निमन्त्रणा स्वीकार गरेको समेत उहाँको भनाइ छ ।
नेपाली मेलाको १६ औं संस्करण केम्पटन पार्क रेसकोर्समा हुंदैछ । यसलाई गोर्खा कपपछि अत्यधिक मानिस जमघट हुने इभेन्टका रुपमा लिइन्छ । मेलामा नेपाली दूतावास लन्डनको हरेक वर्ष सहकार्य रहंदै आएको छ ।
नेपाली एवं तमु कला संस्कृति, संस्कार, भेषभूषा, रहनसहन संवर्धन, प्रवर्धन र नयां पुस्तामा हस्तान्तरण गर्नु नै मेलाको मुख्य उद्देश्य रहेको तमुधिं यूके उपाध्यक्ष एवं मेला संयोजक कमल कोने गुरुङले बताए ।






