,

कुलमान घिसिङसँग एनआरएनए यूकेको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम

Bimala Sene Avatar

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङसँग शुक्रबार प्लमस्टेडमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ । उज्यालो नेपाल अभियान अन्तर्गत गत सोमबार बेलायत उत्रिएका घिसिङसँग एनआरएनए यूकेले ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको हो ।

उज्यालो नेपाल अभियान अन्तर्गत विदेश यात्रामा निस्किएको अनुभव सुनाउदै घिसिङले उज्यालो नेपाल अभियानमा वैदेशिक लगानी भित्र्याउने कोशिशमा देश विदेशका साथीहरुसँग जोडिएको जानकारी दिए । उनले नेपालीहरु विदेशमा डाक्टर, इन्जिनियर, वैज्ञानिक जस्ता पेशामा काम गरि रहेकाले नेपालले धेरै फाइदा लिन सक्ने अवस्था रहेको जनाए । घिसिङले डायस्पोराका नेपालीहरुले नेपालमा बस्ने र लगानी गर्ने कोशिश गर्दा सास्ती खेप्नु परेकाले पुनस् विदेश नै फर्किएको अनुभव सुनाएको भन्दै यसलाई सम्बोधन हुनुपर्नेमा जोड दिए । सरकारले विदेशमा रहेका नेपालीहरुलाई संविधान प्रदत्त अधिकार दिनु पर्ने उनको भनाई थियो ।

‘अवको विश्व उर्जामा निर्भर भएकाले नेपालमा जल विद्युतको संभाव्यता अझै छ’, उनले भने। ।नेपालमा सरकारले व्यवस्थित लगानी गर्ने वातावरण बनाए डायस्पोराबाट धेरै लगानी जाने देखिन्छ।’

घिसिङलाई फ्लोरबाट प्रवक्ता श्याम लुईटेल, इ. विदुर घिमिरे, राज पाण्डे, पूर्व मेयर जीत रानाभाट लगायतले प्रश्न गरेका थिए ।कार्यक्रममा सोधिएका प्रश्नहरुको जवाफ दिदै घिसिङले यो उज्यालो नेपाल एक सामाजिक अभियान भएको बताए ।” म नेपालमा बसेर नेपालकै लागि केही गर्न चाहान्छु त्यसमा लागि रहेको छु । यो अभियानलाई तपाईं सबैको सहयोग आवश्यक छ,” उनले भने ।

अध्यक्ष पुडासैनीले कुलमान जस्ता प्रतिभा नेपालभर रहेकाले एनआरएनए यूकेले नेपाल राष्ट्र्का लागि काम गर्नेहरु सँग सहकार्यको हात अघि बढाउने जनाए । उनले घिसिङलाई बेलायतमा स्वागत पनि गरे ।

यसअघि अध्यक्ष पुडासैनी र उपाध्यक्ष डा. रक्षा थापाले फुल र खाँदा ओडाएर घिसिङलाई स्वागत गरेका थिए । एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको संचालन एनआरएनए यूकेका पूर्व सचिव तिलक भट्टराईले गरेका थिए । उक्त कार्यक्रममा उपस्थित सामाजिक अभियन्ताहरु तथा स्थानीयलाई एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषद् अध्यक्ष राममाया विष्टले स्वागत गरेकी थिइन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search