,

कुलमान घिसिङलाई एनआरएनए यूकेको भव्य स्वागत, नेतृत्वमा आउन समुदायको सुझाव

Bimala Sene Avatar

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) ले नेपाल विद्युत प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङसँग अल्डरसटमा भव्य ‘मिट एण्ड ग्रिट’ कार्यक्रम गरेको छ ।

अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा शुक्रबार एम्पायर हलमा आयोजित उक्त समारोहमा कुलमानको स्वागत सम्मान र उनका कुरा सुन्न सयौं सहभागी भए । उनको सम्मानका लागि स्टेज चढ्न संघसंस्थाका प्रतिनिधि र व्यक्तिहरुको लामो भीड लागेको थियो ।

अल्डरसटलाई आफ्नो दोश्रो घर बताउने गरेका गोर्खाहरुमाझ उभिएर कुलमानले गोर्खाको योगदानकै कारण नेपालको पहिचान विश्वभर पुगेको बताए ।

हल प्रवेश गर्नु अघि अल्डरसट प्रिन्सेस गार्डेनमा रहेको प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिकमा श्रद्धान्जली अर्पण गरे ।

सालिकमा रिथ चढाएपछि पञ्चे बाजा र पाइपर धुनका साथ बेलायत अनि नेपालको झण्डा बोकेका नेपालीहरु सम्मिलित रयालीमा सहभागी भएर कुलमान हल प्रवेश गर्दा उनले निकै गौरवान्वित महशुस गरेको बताए ।

बेलायतका ५९ संघसंस्थाका प्रमुख, बुद्धिजिवी, व्यवसायी र सर्वसाधारण सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी घिसिङले आफ्नो न्यानो माया, स्वागत सम्मानका लागि आयोजकप्रति आभार व्यक्त गरे । एयरपोर्टदेखि नै प्राप्त माया, सद्भाव, स्वागत सत्कार र विश्वासका कारण करिब २० वर्षपछिको आफ्नो यो बेलायत भ्रमण अविष्मरणीय बनेको उनले सुनाए ।

सरकारले कार्यसम्पादनमा शून्य मूल्यांकन दिएपनि वा कारवाही गरेपनि ४ महिनायता देश विदेशका नेपालीहरुबाट प्राप्त अथाह माया, सद्भाव र विश्वास नै आफ्ना लागि ठूलो मूल्यांकन भएको घिसिङले बताए । उनले विश्वमा नेपाल चिनाउने प्रमुख तीन कुरा सगरमाथा, गौतम बुद्ध र गोर्खा भएको बताउंदा हलमा सहभागी सयौंले तालीको गडगडाहटबाट सम्मान गरे ।

घिसिङले आफूले शुरु गरेको उज्यालो नेपाल अभियानबारे पनि प्रष्टयाए । बत्तीको उज्यालो भएर मात्र देश नबन्ने भएकाले अब हरेक क्षेत्रमा समृद्धि, परिवर्तन, सामाजिक न्याय, नयां लिडरसीप र निराशालाई आशामा बदल्न आफूले यो अभियान थालेको उनले बताए ।

विद्युत क्षेत्रमा आफ्नो ३० वर्ष र कार्यकारी भूमिकामा झण्डै १२ वर्ष अनुभव रहेको उल्लेख गर्दै घिसिङले बेलायतकै सहयोगमा सन् १९११ मा बनेको फर्पिङ हाइड्रोपावर नै नेपालको पहिलो भएको स्मरण गरे । आफ्नो ८ वर्षे कार्यकाल ९प्रवन्ध निर्देशक हुंदा० मा शतप्रतिशत जनतामा बिजुली पुगेको सुनाउंदै उनले हाल ४ हजार मेगावाट उत्पादन र झण्डै ७ हजार मेगावाट बिजुली निर्माणाधिन अवस्थामा रहेको जानकारी दिए ।

उनले निजी क्षेत्र खुल्ला गरिएपछि ८ वर्ष यता झण्डै ५ गुणा बढी बिजुली उत्पादन भएको समेत बताए । घिसिङले अहिले नेपालले भारत र बंगलादेशमा करिब एक हजार मेगावाट विद्युत निर्यात गरिरहेको समेत जनाए ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search