,

(एनआरएनए) यूकेले आपतकालीन राहत कोष स्थापना गर्ने

Gurkha Channel Avatar

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले आपतकालिन राहत कोष स्थापना गर्ने भएको छ ।

राजेन्द्र पुडासैनी नेतृत्वको (एनआरएनए) यूकेले अध्यक्ष पुडासैनीको अध्यक्षतामा आइतबार जुम मार्फत भर्जुचल रुपमा बसेको कार्यसमितिको पुर्ण बैठकले यूकेवासी नेपालीहरुलाई आपत पर्दा सहयोग गर्न उक्त कोष स्थापना गर्ने निर्णय गरेको हो ।

कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरुबाटै सहयोग सुरु गरि आपतकालिन राहत कोष प्रक्रियालाई अघि बढाउदै लैजाने निर्णय भएको संघका महासचिव दिवाकर पाण्डेयले बताए । उनका अनुसार यूकेवासी नेपालीका सुख र दुखमा एनआरएनए साथमा छ भन्नका लागि राहत कोष स्थापना गर्न लागिएको हो ।

कार्यसमिति बैठकले बेलायतमा निधन भएर नेपालसम्म शव लैजान स्वर्गीय प्रतिमा वादेलाई सहयोग गर्ने पनि निर्णय गरेको छ । उनका परिवारले नेपालमा दाह संस्कार गर्न नेपाल शव लैजान सहयोग मागेको सन्दर्भमा सहयोग गर्ने निर्णय गरेको महासचिव पाण्डेयले बताए ।

त्यस्तै, बैठकले नेपालमा जिएनजीको आन्दोलनमा निधन भएको युवाहरुको सम्मानमा एक मिनेट मौन धारण गरि श्रद्धान्जली समेत व्यक्त गरेको छ ॥

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search