ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस  विभिन्न महिलाहरुलाई सम्मान गर्दै मनायो ।

Gurkha Channel Avatar

लन्डन। ईष्ट लन्डन महिला कम्युनिटीले, डेगेनहाममा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च ) विभिन्न कार्य क्रम गरी मनाएको छ ।

“गीभ टु गेन” नारालाई आत्मसाथ गर्दै आयोजना गरिएको सो कार्यक्रममा कम्युनिटीका महिलाहरुले आफ्नो बिभिन्न पेसा एबंम क्षेत्रमा पुराएको योगदानलाई कदर गर्दै सम्मान पत्र, सील्ड र पुष्प गुच्छाले सम्मान गरिएको थियो। सम्मान प्राप्त गर्नु हुनेमा बिगत चौध बर्षदेखि  सौन्दर्य व्यवसायमा आबद्ध समाजसेवी गगा कुमारी राई, नेपाली पाठशालालाई दश बर्षदेखि निरन्तर सहयोग पुर्याउदैआउनु भएकी व्यवसायी साङ्गे लामा गुरुङ र नुमा एस्टिल्लोकि संस्थापक नताशा लिम्बु रहेका छन । त्यसैगरि कम्युनिटिका पुर्व अध्यक्षहरु ललिता चोङवाङ लिम्वू , सिमा गुरुङ र कमला लिम्बुलाई दोसल्ला ओढाएर वहाँहरुको सफल कार्यकालको लागि बिशेष धन्यबाद सहित सम्मान गरिएको थियो।

महिला कम्युनिटीका अध्य्क्ष शान्ति लिम्बुको अध्य्क्षतामा भएको कार्यक्रममा महासचिव लक्ष्मी (लारा) राईले कार्यक्रम संचालन गर्दै सस्थाको वारेमा जानकारी दिएकी थिईन ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा वोल्दै  नेपाल पत्रकार महासंघ, युकेकी पहिलो महिला अध्यक्ष बिमला सेनले अन्तर्राष्ट्रिय महिला दिवसको महत्वबारे प्रकाश पार्दै अवको युग महिलाहरुको युगहुने उद्घोष गर्दै समान अधिकारको लागि आफुलाई शसक्त वनाउनुपर्नेमा जोड दिइकी थिइन । महिला दिवसको अवसर पारेर समुदायका महिलाहरुको योगदानलाई कदर गर्ने प्रथाको प्रसंसा गर्दै यसले महिलाहरुलाई अगाडी वढ्न थप प्रेरणा दिने उल्लेख गरेकी थिइन ।

मन्तव्यको क्रममा बिशेष अतिथिको रूपमा उपस्थित ईष्ट लन्डन नेपाली गोर्खा कम्युनिटीका अध्य्क्ष्य बिनय आचार्यले आउँदो बर्ष अझ ब्यापक मनाउदै समुदायका पुरुष सहभागिताको लागि बिशेष पहल हुने बताएका थिए ।

सम्मानित हुने व्यक्तिहरुले सम्मान ग्रहण गर्दै अफनो मन्तव्यमा – जीवनमा कहिले पनि यसरि अघि उभिएर नबोलेको र यसरि आफुलाई सम्मानको आशा नगरी गरेको काममा आफ्नो समाजले कामको मुल्याङकन गरेकोमा हामी जस्तो भुईमान्छेहरुको लागि यो बास्तवमा महिला दिवशको दिन भएको महसूस भएको जनाउदै खुशी व्यक्त गरेका थिए।

ईष्ट लन्डन नेपाली महिला कम्युनिटीले स्थापनाकाल देखि समुदायमा नवजात शीशुको जन्ममा स्वागत, नयाँ घरको गृह प्रवेश, श्रद्धान्जली भेटघाट र कम्युनिटीका नयाँ पुस्ताहरुका लागि नेपाली भाषा तथा संस्कृति संवन्धि कक्षा(पाठशाला) संचालन जस्ता कार्य संचालन गर्दै आइरहेकोछ । नेपाली पाठशालाको संयोजन लक्ष्मी राईले गर्दैआएकी छिन् ।

कार्यक्रममा सस्थाले १० वर्ष पुरा गरेको उपलक्षमा केक समेत काटिएको थियो भने गरगहना तथा रेडिमेड लुगाहरुको विक्री स्टल, फोटो प्रदर्शनी तथा घरवाट पकाएर ल्याइएका विभिन्न परिकारहरु राखिएको थियो । कार्यक्रममा ईष्ट लन्डन गोर्खा नेपाली कम्युनिटीका पुर्व अध्यक्ष मिन गरुङ, समाजिक अभियन्ता क्रीस्टीना लगायत स्थानिय महिला दिदीवहीनीहरुको उल्लासमय सहभागिता रहेको थियो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search