लन्डन । आदिवाशी जनजाति महासँघ वेलायतले आईतवार ०६ जुलाई २०२५ को दिन वेलायतको अल्डर्सट स्थित Empire Banqueting Hall मा विशेष डिनर नाइटको आयोजना गर्दैछ ।
वार्षिक भेटघाट तथा संस्थाको लागि आर्थिक सहयोग संकलन गर्ने उदेश्यसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रममा वेलायतका लागि नेपाली राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यता रहने आदिवाशी जनजाति महासँघ वेलायतका अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिनुभयो ।
कार्यक्रममा किरात राई यायोक्खा वेलायत, किरात याक्थुङ चुम्लुङ वेलायत, किरात सुनुवार कल्यानकारी संस्था वेलायत, शेर्पा संघ वेलायत, तमाङ समाज वेलायत, किरात याक्थुङ चुम्लुङ वेलायत, मगर समाज वेलायत, पासा पुछा गुठी वेलायत, दुरा समाज वेलायत, छन्त्याल समाज वेलायत, तोक्पेगोला समाज वेलायत, मुलवासी एकता, आदिवाशी जनजाति महिला महासँघ, आदिवाशी जनजाति युवा महासँघ, आदिवाशी जनजाति पत्रकार महासँघ लगायत बिभिन्न जातिय क्षेत्रिय संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु को उपस्थिती रहने जनाइएको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष मेजर राईले सांगठानीक अवस्था, प्रगती र भावी रणनितीको बिषयमा जानकारी गराउनु हुने कार्दियक्नुरम तय भएको छ । कार्यक्रममा आगन्तुक सम्पूर्ण अतिथिहरुलाई Pledge & Bless (P&B) को अवशर पनि दिईने छ । सो सत्रमा आगन्तुक सम्पूर्ण अतिथिहरुले आर्थिक सहयोगको प्रतिबद्धता र संस्थाको उन्नती र प्रगतिको शुभकामना दिने कार्यक्रम रहने छ ।
साथै कार्यक्रमको अर्को मुख्य आकर्षणका रुपमा नेपालवाट आउनुभएका उत्कृष्ट कलाकारहरुबाट नृत्य तथा गायन प्रस्तुत गरिनेछ ।
कार्यक्रम दिनको १६:०० बजेदेखी रातको ११:४५ सम्म हुने जनाइएको छ ॥