अमेरिकामा विभिन्न कार्यक्रम गरि विश्व आदिवासी दिवश मनाइने

Gurkha Channel Avatar

न्यूयोर्क । यही अगष्ट ९ मा विश्वव्यापी रुपमा मनाइने ३१औँ विश्व आदिवासी दिवस अमेरिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ । नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाको आयोजनामा दिवस मनाउने तयारी गरिएको हो ।

यस अघि नै फिप्नाको कार्यसमिति बैठकले अगस्ट ९ मा दिवस मनाउने निर्णय गरिसकेको छ । दिवसको अवसमारमा न्यूयोर्कस्थित ज्यक्सन हाइटमा कार्यक्रम हुने छ । यस वर्ष दिवसको नामा “आदिवासी जनताको आत्मनिर्णयको अधिकार, खाद्य सुरक्षाको र स्वाधीनताको बाटो” भन्ने तय गरिएको छ ।

कार्यक्रममा विगतका वर्षहरु जस्तै यस वर्ष पनि फिप्नामा आवद्ध  १८ वटा संस्थाका नेपाली आदिवासी जनजाति समुदायहरूले आ-आफ्नो जनजातिहरूको भेषभूषा र साँस्कृतिक झाँकी प्रस्तुत गर्ने छन् । ज्यक्सन हाइटको ७२ स्ट्रिट देखि ७९ स्ट्रिटको मध्यभागसम्म र्‍यालीको आयोजना गरिने छ । सोही र्‍याली मूल समारोह कार्यक्रममा परिणत हुनेछ ।

कार्यक्रममा नेपाली डायस्पोराका विभिन्न संघसंस्थाहरुलाई आमन्त्रण गरिएको छ । अमेरिकामा रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) अमेरिकाका अध्यक्ष तोरण गुरुङले जानकारी दिनुभयो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search