धययधिष्अज र्चाटन वरपर रहेका नेपाली हरु लगायत अन्य नागरिकहरु को वाक्लो उपस्थिति रहेको सो कार्यक्रममा सहभागीले ‘प्रे फर नेपाल’, हेल्प फर नेपाली ‘हाम्रो नेपाल हाम्रो देश प्राण भन्दा प्यारो छ’ लगायतका नारा सहित छाती मा हात राखेर मातृभूमीको सम्झना तथा घाइतेहरुको स्वस्थलाभको कामना र ज्यान गुमाउनेहरुको आत्माको चीर सान्तिको लागि मौनधारण गर भन ेमैन वति वालेर श्रद्धानजलि दिए। उक्त कार्यक्रममा ग्रीनवीच बरो का डिपुटी मेयर, चार्लन नेपाली समाजका अध्यक्ष , नेपाल नसिंङ एसोसीएसनका अध्यक्ष तथा पदाधिकारी लगायतले सवैलाई यो अवस्थामा नेपालीहरुलाई सहयोग गर्न अनुरोध गरे।

कार्यक्रममा स्किल एण्ड केयर युके का अध्यक्ष फत्त थापा, कपिल वस्तु समाज युके का अध्यक्ष दिपक श्रेष्ठ, पासा पुच साउथ इष्ट लण्डनका अध्यक्ष चित्र वहादुर श्रेष्ठ , तमुधि साउथ इष्ट लण्डनका अध्यक्ष श्री चन्द्र गुरुङ,, पशुपति मन्दिर एसोसिएसनकाका अध्यक्ष होम नाथ ज्ञवाली तथा थकाली समाज साउथ इष्ट लण्डनका अध्यक्ष दिपक सेरचनको सहभागिता थियो भने सो सस्थाहरुको संयुक्त आयोजनामा सो कार्यक्रकको आयोजना गरिएको थियो । कार्यक्रम सन्चालन विनोद ज्ञवाली, फत्त थापा र अनुथ पर्साइ ले गर्नुभयको थियो।

त्यसै गरि भुकम्पमा परि ज्यान गुमाउनेहरुको आत्माको चिर सान्तिको लागि अल्डरसटका नेपालीहरुले पनि श्रदान्जलि सभा गरेका छन ।अल्डर सटको प्रीन्स गार्डेनमा आयोजना गरिएको सो सभामा नेपाल वनाउ टिमको सकृयता थियो भने मैन वत्ति वालेर एक मिनेट मौनधारण गर्न अल्डरसटका नेपालीहरुको वाक्लो उपस्थिति थियो।