Author: rajendra bhatta

मेलम्चीको सुरुङ खन्ने काम सुचारु

काठमाडौ- भूकम्पपछि ठप्प रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण सुचारु भएको छ। अहिले दैनिक २० मिटर सुरुङ खन्न सुरु भएको र तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका प्रमुख घनश्याम भट्टराईले कामदारहरू काममा फर्केको र सुरुङ निर्माण भइरहेको बताए। सरकारले दैनिक ४० मिटर सुरुङ खन्ने लक्ष्य राखेको भन्दै भट्टराईले भूकम्पले गर्दा काम गर्न नसकेको बताए। सरकारले २०७३ वैशाख १ गते उपत्यकामा पानी झार्ने घोषणा गरिसकेको छ। तर, हालसम्म १२ किलोमिटर मात्र सुरुङ खनिएको छ भने, अझै १५ किमि मुख्य सुरुङ खन्न बाँकी छ। प्रमुख भट्टराईले चट्टानले गर्दा सिन्धु अडिटबाट मुख्य सुरुङ खन्ने काममा ढिलाइ भएको बताए। रातदिन काम...

Read More

नवनियुक्त प्रधानन्यायाधीशले भने– “कम्प्युटर खरिद छानबिन हुन्छ”

काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अदालतको सूचना प्रविधि प्रक्रिया (डिजिटलाइजेसन) बारे उठेका प्रश्नमा अनुसन्धान गर्ने बताएका छन्। उनले सूचना प्रविधि (आइटी)का सामग्री खरिद अनियमिततालगायतका विषयमा छानबिन गर्ने बताएका हुन्। बुधबार शपथपछि पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सञ्चारमाध्यममा आएका विषयमा आफ्नो ध्यानाकर्षण भएको र त्यसको अनुसन्धान गर्ने बताए। डिजिटलाइजेसनका विषयमा अनियमितताका प्रश्न उठेका छन्,’ पदभार ग्रहणपछि प्रधानन्यायाधीश श्रेष्ठले भने, ‘सञ्चारमाध्यममा आएका विषयमा अध्ययन–अनुसन्धान गर्छु।’ तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद साह अध्यक्षताको सूचना प्रविधि समितिले सार्वजनिक खरिद ऐनविपरीत कम मूल्यमा बोलकबोल भएको प्रस्तावभन्दा बढी मूल्यमा बोलपत्र हाल्ने कम्पनीसँग कम्प्युटर खरिदको सम्झौता थियो। भिडियो कन्फ्रेन्स मेसिन खरिद प्रक्रियाको बोलपत्र भने अदालतले रद्द गरेको थियो।...

Read More

जाँदाजाँदै प्रधानन्यायधीशद्वारा आफूले गरेका मुख्य कामको समिक्षा

काठमाडौं – हिजो देखि अवकास पाएका प्रधानन्यायाधीश रामकुमार प्रसाद साहको कार्यकालका मुख्य कामहरु सर्वोच्च अदालतले सार्वजनिक गरेको छ। प्रधानन्यायधीश साहको कार्यकालमा सम्पन्न भएका मुख्य कामहरु १४ वटा छन भने गर्न नसकेका २ वटा कामहरु छन्। समिक्षामा उल्लेख मुख्यमुख्य कामकारबाही यस्ता छन्ः १। पेशी तथा इजलास व्यवस्थापनमा नियमीतता २। न्यायीक सदाचार,अनुगमन निरिक्षण,सुपरीवेक्षण,गुनासो व्यवस्थापन र समसामयिक सुधार, ३।मुद्दा व्यवस्थापनमा सुचना प्रविधिको प्रयोग र क्षमता अभिवृद्धि÷मुद्दा प्रवाह व्यवस्थापन सुधारमा विषेश पहल, ४।सर्वोच्च अदालतमा पुराना मुद्दा फस्छ्र्यौटमा विषेश पहल, ५। जिल्ला तथा पुनरावेदन अदालतहरुमा मुद्दा फछ्र्यौटको अवस्था, ६। फैसला कार्यान्वयन विषेश अभियान, ७। सायंकालीन अदालतको सेवा प्रारम्भ, ८। न्यायाधीशहरुको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, ९। बहस व्यवस्थापनको थालनी, १०।जनशक्ति व्यवस्थापन ९न्यायाधीश नियुक्ति तथा कर्मचारी पदपूर्ति० ११।न्यायपालीकाको अन्तराष्ट्रिय सम्बन्ध विस्तार एवं सुदृढीकरण,  १२। सुरक्षा प्रवन्धमा भएको पहल, १३,भूकम्पबाट उत्पन्न विपद्का कारण प्रभावित न्यायपालिकाको व्यवस्थापन, १४।वातावरण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा सहभागीता, उनको कार्यकालमा गर्न नसकिएका कार्यहरु भने जम्मा दुईवटा छन्, १। न्यायाधीश नियुक्ति, २। विविध चुनौतिरसमस्याहरु न्यायाधीश नियुक्ती न्यायपरिषद बैठक अनिर्णित हुनु र परिषद् सदस्य उपेनन्द्र केशरी न्यौपानेले राजीनामा दिएपछि प्रभावित भएको उल्लेख छ। न्यायपालिकाको सुधार र संस्थागत सुदृढीकरण हुन नसक्नुमा ट्रेड युनियनलाई दोषी मानिएको छ। प्रधानन्यायाधीशको कार्यकालमा सुधारका काम गर्न उनीहरु बाधक भएको र अन्य कतिपयकार्यहरुले ‘गलत तत्व हावी भएका कर्मचारीहरु’का कारण अपेक्षित गति लिन नसकेको समिक्षामा उल्लेख...

Read More

जसले जति छाती पिटे पनि संविधान जारी हुन्छ: नेता ओली

काठमाडौं – नेकपा (एमाले) नगर समिति विराटनगरद्वारा मंगलबार विराटनगरमा आयोजित कार्यक्रममा केपी शर्मा ओलीले  बहुदलीय जनवादको सिद्धान्तले पार्टीलाई सङ्गठित बनाएकाले शान्ति र लोकतन्त्र तथा राष्ट्रिय एकतालाई सुदृढ बनाउन अग्रसर हुनुपर्नेमा जोड दिए। प्रारम्भिक मस्यौदा मंगलबार संविधानसभाबाट पारित हुने विश्वास व्यक्त गर्दै नेता ओलीले जनताको रायसुझाव लिनका लागि मस्यौदासहित सभासद्का टोली साउनको आगमनसँगै जिल्ला जिल्लामा पुग्ने जानकारी गराए। उनले भने, “संविधान जारी हुन नदिने, अन्यौलको अवस्था कायम राख्न खोज्नेले छाती पिटे पनि संविधान सम्भवतः साउनको मध्यसम्ममा जारी हुन्छ र त्यसपछि मुलुकमा राष्ट्रिय सरकार गठन हुन्छ।” उनले भूकम्पीडितका लागि सुरक्षित आवासको व्यवस्था र मुलुकको विकासका लागि पर्यटन, उद्योग, कृषिको व्यवसायीकरणलगायतका कार्यप्रति प्रतिबद्ध...

Read More

संविधान नामको कागज च्यात्दैमा संविधान निर्माणमा असर गर्दैन : ओली

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष के .पी ओलीले एक-दुईजनाले संविधान नाम लेखेको कागज च्यात्दैमा संविधान निर्माणमा कुनै असर नगर्ने बताएका छन्। उनले यो ऐतिहासिक अवसर भएकाले केहीले विरोध गर्दैमा बाधा नपुग्ने र संविधान जारी भएर छाड्ने विश्वास व्यक्त गरे। केही नपुगेका विषय भए पछि संशोधन गर्न सकिने भन्दै अध्यक्ष ओलीले अव संविधान साउनको दोस्रो सातासम्ममा आएरै छाड्ने दाबी गरे। उनले संबिधान निर्माण पछी मुलुक सम्रिद्ध र लोकतन्त्रको संस्थागत बिकास तर्फ अगाडि बढ्ने दाबी पनि गरे।...

Read More

Latest TV Show

Error type: "Not Found". Error message: "The playlist identified with the requests playlistId parameter cannot be found." Domain: "youtube.playlistItem". Reason: "playlistNotFound". Location type: "parameter". Location: "playlistId".

Did you added your own Google API key? Look at the help.

Check in YouTube if the id PLmzBfHPCnS4xFvDXbOnQZ-7GZ3_YfRZM3 belongs to a playlist. Check the FAQ of the plugin or send error messages to support.