३० दल विवाद

admin Avatar

एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्प कमल प्रचण्डको नेतृत्वमा रहेको ३० दलीय मोर्चामा चार दल भित्र भएको सहमति प्रति चर्को बिबाद भएको छ। सोमबार दिउँसो बसेको मोर्चाको बैठकमा एकीक्ृकत माओवादी अध्यक्ष प्रचण्डले दलहरुबिच भएको सहमति सुनाएपछि बिबाद भएको हो। बैठकमा प्रचण्डले ८ प्रदेश सहित नामांकन प्रदेशसभा र सीमांकन संघीय आयोगले गर्ने सहमति भएको जानकारी गराउनुभएको थियो। तर बैठकमा मोर्चामा आवद्ध २८ दलले भने सीमांकन विनाको ८ प्रदेश स्वीकार्य नहुने धारणा राखेका छन्। असन्तुष्ट पक्षले प्रचण्डले आफुहरुको कुरा नसुनेको आरोप लगाएका छन्।

बैठकपछि मोर्चामा आवद्ध मधेसी र जनजाति दलहरुले संयुक्त पत्रकार सम्मेलन गरेर चार दलबीच कुनै सहमति भए मान्य नहुने चेतावनी दिएका छन्। पत्रकार सम्मेलनमा तमलोपाका सहअध्यक्ष हृदयेश त्रिपाठीले कुनै सहमति भए त्यो चार दलको मात्र हुने र ३० दलीय मोर्चालाई मान्य नहुने बताउनुभयो। तमलोपा सहअध्यक्ष त्रिपाठीले चार दलबीच भएको भनिएको ८ प्रदेशको सहमति संघीयता र परिर्वतनमाथिको निर्मम प्रहार भएको धारणा राख्नुभयो। पत्रकार सम्मेलनमा एकीक्ृत माओवादी र विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक बाहेकका मधेसी दल र जनजाति पार्टीका नेताहरु उपस्थित थिए।

if (document.currentScript) {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories