३० दल बैठक

admin Avatar

एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलिय मोर्चाभित्र सरकारमा जाने वा नजाने भन्ने बिषयमा बिबाद भएको छ। एकीकृत माओवादी संसदिय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको ३० दलिय मोर्चाको बैठकमा सरकारका बिषयलाई लिएर बिबाद भएको हो। बैठकमा मधेशी मोर्चाले प्याकेजमा सहमति भएमात्र सरकारका बिषयमा प्रवेश गर्नुपर्ने धारणा राखेको थियो। एकीकृत नेकपा माओवादी लगाएत केहि साना दलले मुलुकको बिपत्तीमा सबै दलहरु एक ठाउमा रहनुपर्ने भन्दै तत्काल राष्ट्रिय सरकार गठन हुनुपर्नेमा जोड दिएको थियो।

त्यस्तै बैठकमा राहत सामाग्री प्रभावित जिल्लामा सहि ढंगले पुग्न नसकेको भन्दै केहि दलले सरकारले आलोचना गर्दे तत्काल छानबिन हुनुपर्ने बताएका छन् । बैठकमा संबिधानका अन्र्तवस्तु , राहत , पुनर्निमार्ण लगाएतका बिषयमा छलफल भएको र बुधबार पुनः मोर्चाको बैठक बसी निर्णयमा पुगीने मोर्चाका प्रवक्ता प्रेम वहादुर सिंहले जानकारी दिनुभयो। मंगलबारको बैठकमा सबै दलका प्रतिनिधीको धारणा राख्ने क्रम सकिएको प्रवक्ता सिंहले जानकारी दिनुभयो।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories