स्वार्थ भन्दा माथि उठेर राहत बितरण लगाएतका कार्यालई अघि बढाउनुपर्नेमा जोड

Naresh Ale Avatar

उपप्रधान एवं स्थानिय बिकास मन्त्री प्रकाशमान सिंह दलिय स्वार्थ भन्दा माथि उठेर राहत बितरण लगाएतका कार्यालई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। बुधबार ललितपुरमा आयोजित सर्वपक्षिय छलफलमा बिपत्तीको अबस्थामा सवैले आफ्नो स्वार्थ छाडेर सहयोगी कार्यमा जुट्नुपर्ने बताउनुभएको हो। उहाले बिपतको अबस्थामा दलिय स्वार्थको पछि लागे जनतालाइ स्वीकार्य नहुने समेत उल्लेख गर्नुभयो । सरकारले सबै स्थानमा राहत बितरणको कार्यलाई निरन्तरता दिने भन्दै यसको अनुगमन समेत भईरहेको धारणा राख्नुभयो।

कार्यक्रममा सहभागीहरुले घाईतेहरुको अस्पतालमा निशुल्क उपचार हुन नसकेको , सरकारले दिने भनेको राहत रकम नपाएको र भत्कन लागेका भौतिक संरचना नभत्काएको भन्दै गुनासो गरेको थियो । जवाफमा मन्त्री सिंहले जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरेर राहत लिन आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी , स्थानिय बिकास अधिकारी , बिभिन्न दलका प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories