सुसील कोईराला

Naresh Ale Avatar

प्रधानमन्त्री सुशील कोइरालाले नेपाल स्काउटको संरक्षकत्व ग्रहण गर्नुभएको छ। सोमबार प्रधानमन्त्री निबास बालुवाटारमा आयोजित कार्यक्रममा उहाँलाई नेपाल स्काउटका राष्ट्रिय आयुक्त रविन दाहालले नेपाल स्काउटको दीक्षान्त समारोहमा नेपाल स्काउटको झण्डा स्पर्स गरार्ई प्रतिज्ञा(सपथ) ग्रहण गराउनु भएको थियो।

कार्यक्रममा प्रधानमन्त्री कोइरालाले एकता र सहकार्यका आधारमा विपत्तिको सामना गर्न सकिने बताउनु भयो। उहाँले स्काउटको स्वयंसेवी ,परोपकारी, सहयोगी र सामूहिक भावनाले आफू निकै प्रभावित भएको पनि बताउनु भयो। आफूले भूकम्पको क्षतिको निरीक्षण गर्ने क्रममा नेपाल स्काउटले बसन्तपुरमा भत्किएका भवनहरुको सफाइमा काम गरेको पाएको पनि उहाँले उल्लेख गर्नुभएको थियो। प्रधानमन्त्री कोइरालाले उचित ज्ञान, बन्दोबस्तीका सामान, अनुभवी जनशक्तिको अभावका बीचमा पनि भूकम्प पीडितको उद्धार र राहतमा नेपालमा राम्रोसंग भएको कामको विदेशीहरुले प्रशंसा गरेको पनि बताउनु भयो।

नेपाल स्काउटका प्रमुख आयुक्त रविन दाहालले स्काउटका स्वयंसेवीहरु भूकम्प पीडितहरुको उद्धार र राहतमा बैशाख १२ गतेदेखि ने खटिइरहेको जानकारी दिनुभयो। नेपाल स्काउटले नुवाकोट र सिन्धुपाल्चोकमा अस्थायी आवास बनाएर स्थानीयलाई हस्तान्तरण पनि गरिसकेको छ।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories