सुवास नेम्वाङ

admin Avatar

संबिधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले संबिधानको मस्यौदा जनतासमक्ष नपुगी संबिधानसभाबाट पारित नहुने स्पस्ट पार्नुभएको छ। सोमबार सिंहदरबारमा नेपाली काग्रेस सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानको ज्ञापन पत्र बुझ्दै सभाध्यक्ष नेम्वाङले संबिधानको मस्यौदाको अन्तिम निर्णय जनताले गर्ने बताउनुभएको हो। उहाले जति नै फास्ट ट्रयाकबाट संबिधान जारी गरेपनि जनता समक्ष पुराउनुपर्ने भन्दै जनताले नै आफ्नो अधिकारका बिषयमा निर्णय लिने बताउनुभएको हो। उहाले मस्यौदा समितिलाई संबिधानको मस्यौदा लेख्न पूर्ण अधिकार दिएको भन्दै संबिधानले सबैको अधिकार समेट्ने दाबी समेत गर्नुभयो।

सनातन हिन्दुराष्ट्र स्थापना महाअभियानले दलहरुबिच भएको १६ बुदे सहमति संबिधान निर्माणका लागी सकारात्मक भएपनि महत्वपूर्ण बिषयहरु समावेश हुन नसकेको भन्दै ज्ञापन पत्र बुझाएको हो। महआभियानले नया संबिधानमा धर्मनिरपेक्षता खारेजगरी नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने भन्दै यसो हुन नसके आन्दोलन गर्ने अभियानका संयोजक खुम वहादु। खड्काले जानकारी दिनुभयो।

अभियानका ४ बुदे ज्ञापन पत्रमा प्रदेश गठनका समन्धनमा नामाङ्कन र सिमाङ्कनको प्रमुख प्रश्नलाई थाति राख्नाले भविष्यमा हुन सक्ने द्धन्द्धका बारे दलहरु गम्भीर हुनु जरुरी रहेको जनाएको छ।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories