सुजाता कोईराला

admin Avatar

नेपाली काँग्रेसको नेतृ सुजाता कोइरालाले राष्ट्रिय सरकार निर्माणका विषयमा चुप लागेर बस्नु देशका लागि उपयुक्त हुने बताउनु भएको छ। रफत सञ्चार क्लब भक्तपुरले बुधवार गरेको साक्षात्कार कार्यक्रममा उहाँले राष्ट्रिय सरकार निर्माण गर्ने कुरा राम्रो नियतले नआएको बताउनु भयो।

बर्तमान अबस्थामा बहुमतियको बलमा सरकार परिवर्तन गर्ने खेलामा लागे संविधान नबन्ने, पुनःनिर्माणको काम ओझेलमा पर्ने र रानीतिक भूकम्प आउने भएकाले सबैले यही सरकारलाई सहयोग गर्दै राष्ट्रिय सरकार निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राजनीतिक दलहरुले भूकम्प प्रभावित क्षेत्रमा गरेको कार्य आफैंमा प्रभावकारी भए पनि दलहरुको कतिपय कार्यको आलोचना भइरहेको भन्दै नेतृ कोइरालाले दलहरुको चरित्र सुधार भएन भने नेपालमा कहिल्यै प्रजातन्त्र देख्न नसकिने धारणा पनि राख्नुभयो।

उहाले वर्तमान मन्त्रीहरुले सकारात्मक काम गर्न नसकेकाले मन्त्रीहरु भने परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । राहत जिल्ला र क्षेत्रमुखी हुनु हुदैन सबै स्थानमा पुग्नुपर्छ राहतमा राजनीति गर्नुृ नहुने कोइरालाको भनाइ छ ।

}

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories