,

साफ फुटबल फाइनल

admin Avatar
nepali-football

नेपालले प्रथम अन्डरनाइन्टिन साफ च्याम्पियनसीप फुटबलको उपाधि जितेको छ। शनिबार भएको फाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा ५–४ गोलअन्तरले पराजित गर्दै आयोजक नेपालले उपाधि जितेको हो। यो उपाधि मात्रै नभई २२ वर्षपछि नेपालले पाएको ऐतिहासिक जित हो। सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुद र १९९३ मा ढाकामा स्वर्णपदक जिते यता कुनै पनि नेपाली फुटबल टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता जितेको यो नै पहिलो हो। पहिलो अन्डरनाइन्टिन साफ च्याम्पियनसीप जितेमा सरकारले हरेक खेलाडीलाई जनही १ लाख रुपौया“ पुरस्कार दिने घोषणा युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेलले यसअघि नै गरिसकेका छन। गत बैशाखमा आएको भुकम्पका कारण दशरथ रंगशालामा प्रतियोगिता आयोजना हुन नसकेपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रतियोगिता आयोजना भएको हो।

नेपालकै लोकप्रिय खेलको रुपमा रहेको फुटबल दशरथ रंगशालामा हेर्न नपाएपछि दर्शकहरु सातदोबाटोस्थित रहेको मैदान वरिपरी झुम्मिएका थिए। दर्शकको चाप अनुसार प्याराफिट नभएका कारण निकै कष्टका साथ दर्शकहरुले खेल हरेका थिए। ललितपुरको सातदोबाटोस्थित एन्फाको कृत्रिम घासे मैदानमा नेपालले खेलको ३१ औं मिनेटमा गोल गरेको थियो। कर्नर बलमा अनन्त तामाङले गरेको हेड भारतका गोल रक्षकले रोकेका थिए तर बाउन्स भएको बलमा तेज तामाङले गोल गरे। त्यसअघि अन्जन बिष्टको प्रहार भारतीय गोल रक्षकले मुस्किलले बचाएपछि नेपालले कर्नर पाएको थियो। तर खेलको ८७ औं मिनेटमा नेपालका दिनेश राजवंशीले डि बक्स भित्र ह्याण्ड गरेपछि भारतले पेनाल्टी पायो। पेनाल्टीमा भारतका सहबागले सहज गोल गर्दै खेल बराबरीमा ल्याए। बाकी समय दुबै टोलीको तर्फबाट गोल हुन सकेन। निर्धारित समयको खेल १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। टाइब्रेकरमा भारतका मोइनुदिनले प्रहार गरेको पहिलो बल नेपाली गोलरक्षक सुजित गुरुङले रोके। भारतका अरु चार खेलाडीले गोल गरे। टाइब्रेकरमा नेपालका तर्फबाट हेमन्त थापामगर, सुनील बल, विश्वास श्रेष्ठ, डोना थापापछि अन्तिम बलमा अनन्त तामाङले गोल गर्दै नेपाललाई उपाधि दिलाए। दक्षिण एसियाका सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा संचालन भएको प्रतियोगितामा आयोजक नेपाललगायत मित्रराष्ट्र भारत, भुटान, बंगलादेश, अफगानिस्तान र माल्दिभ्स सहभागी भएका थिए। प्रतियोगितामा भारत उपविजेताका साथै फेयर प्ले टिमबाट पुरस्कृत भए। विजेतालाई नेकपा एमालेका अध्यक्ष्ँ केपी शर्मा ओलीले शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभयो।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories