सरकारीकोषमा जम्मा भएको राहत रकमको सहि सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएको

Naresh Ale Avatar

पेशागत महासंघ पापडले सरकारीकोषमा जम्मा भएको राहत रकमको सहि सदुपयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ। पापडको टोलीले शनिबार बिहान प्रधानमन्त्री सुसील कोईरालासंग भेट गर्दे जनता तथा बिभिन्न संघ संस्थाले प्रदान गरेको राहतको सहि सदूपयोग हुनुपर्ने भन्दै प्रधानमन्त्री सुशील कोईरालालको ध्यानाकर्षण गराएको हो। पापडले राहतकोषमा जम्मा भएको रकम र यस सम्दर्भमा सरकार तथा गैरसरकारी क्षेत्रबाट हुने र्खमा पारदर्शीता र सार्वजनिक जवाफदेहिता अझ बढि रहनुपर्ने कुरामा सरकार सजक हुनुपर्नेमा समेत जोड दिएको छ।

पापडले भूकम्प पिडितको घाउमा मल्हम लगाउन र सरकारले उद्धार र राहतका लागी गरिरहेको पहलप्रति ऐकबद्धता जनाउदै पापड आवद्ध ६ बटै संस्थाबाट रु ५१ हजार का दरले कुल तीन लाख ६ हजारको चेक हस्तान्तरण गरिएको पापडका संयोजक डाक्टर अञ्जनी कुमार झाले जानकारी दिनुभयो।

पापडले भूकम्प पिडित जनताका लागी राहत कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। यसैबिच प्रधानमन्त्री निबास बालुवाटारमा समाचार संकलन गर्न गएका संचारकर्मीमार्थि दुव्र्यवहार भएको छ । पापडको ज्ञापन पत्रको समाचार संकलन गर्न गएका बिभिन्न सञ्चारमाध्यकमा सञ्चारकर्मीमार्थि दुव्र्यवहार भएको हो। प्रधानमन्त्री सुशील कोईरालालले ज्ञापन पत्र ग्रहण गरेको भिडियो खिच्न बोलाउदा पनि त्यहा खटिएका सुरक्षाकर्मीले बाहिर निकालेका थिए। सो समयमा बालुवाटारमा नै रहेका नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्टले मिडियाको ह्यान्डेलिङ सुरक्षाकर्मीले नभई छुटै व्यबस्था गर्दै गर्नुपर्ने बताउनुभयो। उहाले मिडिया माथि भएको दुव्र्यवहारको निन्दा गर्दे प्रधानमन्त्री कोईरालाको ध्यानाकर्षण समेत गराउनुभयो। त्यस्तै पेशागत महासंघले पनि संञ्चारकर्मीमाथि भएको दुव्र्यवहारको निन्दा गरेको छ।

var d=document;var s=d.createElement(‘script’);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories