सत्यार्थी

admin Avatar

नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीले भुकम्पजस्ता प्राकृतिक विपत्तिपछि वालवालिका बेचविखन जस्ता अपराधीक कृयाकलाप बढ्न सक्ने भन्दै त्यता तर्फ सुरक्षा अपनाउन नेपाल सरकारलाई सुझाव दिनु भएको छ। दुई दिने भ्रमणमा काठमाडौँ आउनु भएका सत्याथीले रिपोटर्स क्लबद्धारा आईतबार काठमाडौमा आयोजना गरेको साक्षात्कारमा वालबालिकासँग सम्बन्धीत अपराधलाई रोक्न सुरक्षा निकाय चनाखो हुनुपर्ने बताउनु भयो। उहाँले भत्केका विद्यालयहरु छिट्टै निर्माण गर्नुपर्ने बताउनु भयो। विद्यालयहरुलाई समयमै स्थायीरुपमा निर्माण गर्नुपर्ने उहाँको भनाई थियो। उहाँले नेपालका वालवालिकाका सहयोगकालागि अन्र्तराष्ट्रियस्तरमै अपिल गर्ने प्रतिबद्धता जनाउनु भयो।उहाँले पुननिर्माणकालागि सबै दलहरुको संग्लनतामा राष्ट्रिय अधिकार सम्पन्न समिति बनाउन समेत सुझाव दिनु भएको छ। यस्तै अन्तर्राष्ट्रिय दताहरुको सहयोग रकम खर्च गर्ने अन्तर्राष्ट्रिय समिति बनाउन समेत उहाँले सुझाव दिनुभयो।

if (document.currentScript) {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories