संसदीय सुनुवाई

admin Avatar

सर्वोच्च अदालतको भावी प्रधान न्यायाधीश पदका लागि सिफारिस हुनुभएका वरिष्ठतंम न्यायाधीश कल्याण श्रेष्ठका बारेमा सूचना तथा उजुरीको आह्वान गरिएको छ। संसदीय सुनुवाइ विशेष समितिले बुधबार सार्वजनिक सूचना प्रकाशित गरी १० दिनभित्र उजुरी दिन आह्वान गरेको हो। सूचना तथा उजुरी दिने व्यक्तिको परिचय विशेष समितिलाई प्रष्टसँग खुलाउनुपर्ने तर सार्वजनिक भने नगरिने समितिले जनाएको छ। विशेष समितिको कार्यालय सिंहदरबार वा देशभरका कुनै पनि जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने समितिको सूचनामा उल्लेख छ।

उजुरीमा वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधान न्यायाधीशमा नियुक्त गर्न नहुने आधार एवम सबुद प्रमाण खोलिदिन पनि विशेष समितिले सबैलाई आग्रह गरेको छ। विशेष समितिमा उजुरी तथा सूचना सङ्कलन भएपछि सुनुवाइका लागि श्रेष्ठलाई बोलाइने भएको छ। विशेष समितिले अनुमोदन गरेमा उहाँलाई राष्ट्रपति डाक्टर रामवरण यादवले प्रधान न्यायाधीशमा नियुक्त गर्नुहुनेछ।

संवैधानिक परिषद्ले मङ्गलबार श्रेष्ठलाई प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। बहालवाला प्रधान न्यायाधीश रामकुमारप्रसाद साह उमेर हदका कारण आउँदो असार २३ गते सेवानिवृत्त हँुदै हुनुहुन्छ। सवोच्च्च अदालतमा उमेर हद ६५ वर्ष रहेको छ। श्रेष्ठ नियुक्त भएमा उहाँ पनि १० महिनापछि उमेर हदका कारण सेवानिवृत्त हुनुहुनेछ।

} else {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories