संविधान बन्ने सुनिश्चितः सभामुख

rajendra bhatta Avatar

काठमाडौँ – संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मस्यौदा पेस भएपछि संविधान सभाबाट संविधान बन्ने सुनिश्चित भएको बताउनुभएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २३औँ वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले सबै जनताको साझा दस्तावेजका रुपमा संविधानको एकीकृत मस्यौदा आएकाले छिट्टै जनताले नयाँ संविधान पाउने आशा व्यक्त गर्नुभयो।

सभाध्यक्ष नेम्वाङले हालको मस्यौदा प्रारम्भिक मात्र भएको बताउनुहुँदै असन्तुष्ट केही दलहरुलाई संविधान पारित हुँदासम्म आफ्ना विचार राख्न सक्ने सम्भावना भएको विश्वास दिलाउनुभयो। फरक प्रसङ्गमा अध्यक्ष नेम्वाङले विगत द्वन्द्वको अवस्थामा पनि वैदेशिक रोजगार क्षेत्रले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुयाएको स्मरण गर्नुहुँदै यस क्षेत्रमा रहेका कानुनी अड्चनलाई परिमार्जन गर्न आफूले सक्दो सहयोग गर्ने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा व्यवस्थापिका–संसद्अन्तर्गतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले हालै सरकारले निःशुल्क रुपमा वैदेशिक रोजगारमा जान पाउने गरेको निर्णय राम्रो भएपनि विस्तृत अध्ययन र सम्बन्धित व्यवसायीसँग छलफल नगरी ल्याएका कारण कार्यान्वयन हुन नसक्ने धारणा व्यक्त गर्नुभयो।

सभासद् रामहरि खतिवडाले ढिलै भए पनि संविधानको मस्यौदा आएकाले अब सभासद्हरु असफल हुनबाट जोगिएको बताउँदै लामो समयदेखि जनताको आफ्ना लागि आफैँ संविधान बनाउने सपना पूरा हुने विचार व्यक्त गर्नुभयो।

सभासद् तथा सङ्घका पूर्व अध्यक्ष महेन्द्र शेरचनले वैदेशिक रोजगार व्यवसाय मुलुकको अर्थतन्त्रका लागि प्रमुख आधार भए पनि सोचेजस्तो मर्यादित र व्यवस्थित हुन नसकेको बताउनुभयो।

सङ्घका अध्यक्ष हंशराज वाग्लेले सरकारले निःशुल्क रुपमा वैदेशिक रोजगारमा जान पाउने गरेको निर्णय स्वागतयोग्य भए पनि विस्तृत वैदेशिक रोजगार व्यवसायीसँग छलफल नगरी ल्याएको आरोप लगाउनुभयो।

कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष प्रेम कटुवाल, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डिबी कार्की, आइएमई समूहका अध्यक्ष चन्द्र ढकाल, चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष सुरेन्द्रवीर मालाकार, चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्ललगायतले वैदेशिक रोजगारका क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा धारणा राख्दै सङ्घको सफल नेतृत्व चयनका लागि शुभकामना व्यक्त गर्नुभयो।

सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मस्यौदा पेस भएपछि संविधान सभाबाट संविधान बन्ने सुनिश्चित भएको बताउनुभएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २३औँ वार्षिकोत्सव तथा साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले सबै जनताको साझा दस्तावेजका रुपमा संविधानको एकीकृत मस्यौदा आएकाले छिट्टै जनताले नयाँ संविधान पाउने आशा व्यक्त गर्नुभयो।

सभाध्यक्ष नेम्वाङले हालको मस्यौदा प्रारम्भिक मात्र भएको बताउनुहुँदै असन्तुष्ट केही दलहरुलाई संविधान पारित हुँदासम्म आफ्ना विचार राख्न सक्ने सम्भावना भएको विश्वास दिलाउनुभयो।

फरक प्रसङ्गमा अध्यक्ष नेम्वाङले विगत द्वन्द्वको अवस्थामा पनि वैदेशिक रोजगार क्षेत्रले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुयाएको स्मरण गर्नुहुँदै यस क्षेत्रमा रहेका कानुनी अड्चनलाई परिमार्जन गर्न आफूले सक्दो सहयोग गर्ने विचार व्यक्त गर्नुभयो।

कार्यक्रममा व्यवस्थापिका–संसद्अन्तर्गतको अर्थ समितिका सभापति प्रकाश ज्वालाले हालै सरकारले निःशुल्क रुपमा वैदेशिक रोजगारमा जान पाउने गरेको निर्णय राम्रो भएपनि विस्तृत अध्ययन र सम्बन्धित व्यवसायीसँग छलफल नगरी ल्याएका कारण कार्यान्वयन हुन नसक्ने धारणा व्यक्त गर्नुभयो।

सभासद् रामहरि खतिवडाले ढिलै भए पनि संविधानको मस्यौदा आएकाले अब सभासद्हरु असफल हुनबाट जोगिएको बताउँदै लामो समयदेखि जनताको आफ्ना लागि आफैँ संविधान बनाउने सपना पूरा हुने विचार व्यक्त गर्नुभयो।

सभासद् तथा सङ्घका पूर्व अध्यक्ष महेन्द्र शेरचनले वैदेशिक रोजगार व्यवसाय मुलुकको अर्थतन्त्रका लागि प्रमुख आधार भए पनि सोचेजस्तो मर्यादित र व्यवस्थित हुन नसकेको बताउनुभयो।

सङ्घका अध्यक्ष हंशराज वाग्लेले सरकारले निःशुल्क रुपमा वैदेशिक रोजगारमा जान पाउने गरेको निर्णय स्वागतयोग्य भए पनि विस्तृत वैदेशिक रोजगार व्यवसायीसँग छलफल नगरी ल्याएको आरोप लगाउनुभयो।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories