संवादसमिति

admin Avatar

आज वसेको संविधानसभाको बैठकले संविधानको विवादित विषय पुनः संवाद समितिमा पठाएपछि संवाद समितिले आफ्नो काम सुरु गरेको छ। मंगलबार साँझ बसेको सम्वाद समितिको बैठकमा संविधानको विवादित विषयमा सदस्यहरुले आफ्नो धारणा रोखका छन्। प्रमुख चार रजनीतिक दलबीच संविधनको विवादित विषयमा सोमबार सहमति भएपछि आज बसेको संविधानसभा बैठकले विवादित विषयमा सहमति गरी प्रतिवेदन पेश गर्न सम्वाद समितिमा पठाएको हो।

बैठकमा संघिय समाजबादी पार्टीका अध्यक्ष अशोक राई, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका सहअध्यक्ष लक्ष्मण लाल कर्ण लगायतले चार दलबीच भएको सहमति संविधानसभामा लाद्न खोजेको भन्दै असहमति जनाएका थिए। केही दलले असहमती जनाए पनि सबैलाई सहमत गराउन प्रयत्न गरिने र असहमतिको बुँदालाई लिखित रुपमा संविधानसभामा पठाउने सम्वाद समिति सभापति डाक्टर बाबुराम भट्टराइले बताउनुभयो। डा.बाबुरम भट्टराइ, सभापति, संवैधनिक राजनीतिक सम्वात तथा सहमति समिति समितिको अर्को बैठक बुधबार ११ बजे वस्ने छ। विवादित विषयमा सहमति जुटाइ संविधनसभामा प्रतिवेदन पेस गर्न विहिबार ३ बजे सम्मको समय दिइएको छ।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories