संबिधानसभा बैठक

admin Avatar

संविधानसभाले संविधानका विवादित विषयलाई फेरि बाबुराम भट्टराई नेतृत्वको संवैधानिक राजनैतिक संवाद तथा सहमति सहमतिमा पठाएको छ। सभाको मंगलबार बसेको बैठकले विवादित सबै विषयमा सहमति जुटाउन समितिलाई निर्देशन दिएको हो। प्रमुख दल नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)बीच सोमबार अवेर राति संविधानका विवादित विषयमा १६ बुँदे सहमति भएपछि संविधान निर्माणको ढोका खुलेको छ। दलहरुबीच भएको सहमतिलाई संविधानसभामा प्रवेश गराउन संवाद समितिको बाटो रोजिएको हो। यसअघी समितिमा सहमति नजुटेपछि विवादित विषय संविधानसभामै पठाइएको थियो।बैठकमा सभामुख सुवास नेम्वाङले विवादित विषय संवाद समितिमा पठाउने गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो।

यस्तै संवाद समितिका सदस्य सूर्यबहादुर थापाको निधनपछि राप्रपाका तर्फबाट सो समितिमा प्रतिनिधित्व गर्ने सदस्य रिक्त भएपछि सोही दलका दीपक बोहोरालाई बैठकले मनोनयन गरेको छ। संविधानसभाको अर्को बैठक जेठ २८ गते अपराह्न ३ बजेका लागी बोलाईएको छ।

}

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories