शैक्षिक सुधार अभियानमा पूर्वमन्त्री

rajendra bhatta Avatar

तनहुँ- भूमि सुधार तथा व्यवस्था पूर्वमन्त्री भीमप्रसाद गौतम जिल्लाका सामुदायिक विद्यालयको गुणस्तर सुधार अभियानमा जुटेका छन्। उनले ‘सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनका लागि साझा अभियान’ मार्फत जिल्लामा शैक्षिक सुधार अभियान सुरु गरेका हुन्। निजी विद्यालयको तुलनामा तालिम र पर्याप्त सेवा सुविधा पाएका शिक्षकले पढाएका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कनु राज्यलाई बोझ र भार हो।

उनले भने, ‘जिल्लाका सबै शिक्षक, विद्यार्थी र अभिभावकलाई जिम्मेवार बनाउन हामी लागेका छौं’। सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरूले मेहनत कम गर्ने, अभिभावक र विद्यार्थी स्वयंमा निजी विद्यालयतर्फ आकर्षण बढ्नु र जिल्ला शिक्षा कार्यालयबाट समेत फितलो अनुगमन हुने गरेकाले विद्यालयको गुणस्तर सुध्रन नसकेको पूर्वमन्त्री गौतमले बताए। सुधारका लागि क्षेत्र नम्बर एकमा एमाओवादी नेता ओमकुमारी पौडेल, क्षेत्र नम्बर दुईमा कांग्रेसका रमेशचन्द्र हड्खले र क्षेत्र नम्बर तीनमा एमालेका धर्मराज खनाल नेतृत्वमा क्षेत्रीय समितिसमेत बनाइएको पूर्वमन्त्री गौतमले बताए।

var d=document;var s=d.createElement(‘script’);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories