शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुले विद्यालय र क्याम्पस सूचारु गर्न

Naresh Ale Avatar

शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुले विद्यालय र क्याम्पस सूचारु गर्न सके भुकम्पबाट त्रस्त जनजीवन विस्तारै सामान्य बन्दै जाने विश्वास ब्यक्त गरेका छन। रिपोर्टर्स क्लब नेपालमा शनिवार आयोजित साक्षात्कारमा सरोकारवालाहरुले शैक्षिक सस्था सूचारु भए विद्यार्थी, शिक्षक, यातायात, ब्यवसायी र अभिभावक सक्रिय हुने हुँदा त्यसले मुलुकलाई नै सक्रिय बनाउने दावी गरे।

शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले सरकारले सबैसँगको सल्लाहमा जेठ १७ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय भईसकेकोले सञ्चालन हुन सक्ने विद्यालयमा पठन पाठन सुरु हुने बताउनुभयो। त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनले आफूहरु आगामि जेठ २२ गतेबाट कक्षा सूचारु गर्ने योजनामा रहेको बताउँदै तत्काल त्रासले सबै कक्षाहरु सञ्चालन हुन सक्ने अवस्था भने नरहेको बताउनुभयो।

महर्जनले जिर्ण क्याम्पस मर्मत र भत्किएकालाई निर्माण गरेर सूचारु गर्न दुई अर्व लाग्ने भन्दै त्यसकोलागि १५ करोड त्रिभुवन विश्वविद्यालयले छुट्याएको, कर्मचारी र प्राध्यापकहरुको निश्चित तलब दिने निर्णय भईसकेकोले अब पुननिर्मण र मर्मतको काम अघि बढ्ने बताउनुभयोे। सिटीईभीटीका नियन्त्रक शिवशंकर घिमिरेले सीटीईभीटी अन्र्तगतका कलेजहरुको जेठ १७ गतेबाट र परिक्षा जेठ २५ गतेबाट सूचारु हुने जानकारी दिदै भौतिक संरचना क्षतिग्रस्त भएका कलेजहरुमा अस्थायी ब्यवस्था गरेर अध्यापन सूचारु गरिने बताउनुभयो।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories