लावती निधन

admin Avatar

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर केन्द्रीय समितिका अध्यक्ष पद्मसुन्दर लावतीको निधन भएको छ। उहाँका छोरा सगुनसुन्दर लावतीका अनुसार चार दिनदेखि अचेत अवस्थामा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा लावतीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उहाँको निधनको अस्पतालले दिउँसो एक २३ बजे पुष्टि गरेको हो। लामो समयदेखि मिर्गौला, कलेजो, मधुमेह र हृदयरोगबाट थलिनुभएका लावती पछिल्लो केहीदिनदेखि उपचारका लागि उक्त अस्पतालमा भर्ना हुनुभएको थियो।

विक्रम संवत १९९६ साउन ५ गते हालको पाकिस्तानको बलुचिस्तानको प्रान्तीय राजधानी क्वेटृामा जन्मनुभएका लावती २०१३ सालदेखि विद्यार्थी राजनीतिमा होमिनुभएको थियो। विसं २०२४ सालमा पाँचथरका युवामध्येबाट राष्ट्रिय पञ्चायतको सदस्य बन्नुभएको थियो। उहाँले विसं २०२९ सालमा पहिलो पटक उद्योग राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको थियो। अध्यक्ष लावती राजनीतिक जीवनमा १२ पटकसम्म मन्त्री बन्न सफल हुनुभएको थियो। उहाँले गृह, सामान्य प्रशासन, कृषि, उद्योग तथा वाणिज्य, सञ्चार, स्वास्थ्य, भूमिसुधारजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको थियो।

नेपालको राजनीतिक इतिहासमा उहाँ अत्यन्त प्रखर वक्ताका रुपमा परिचित हुनुहुन्थ्यो। पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालहुँदै सो पार्टीमा विवाद देखिएपछि समानान्तर केन्द्रीय समितिको अध्यक्षको भूमिका निर्वाह गर्दै आउनुभएको थियो । उहाँका श्रीमती, तीन छोरा र दुई छोरी हुनुहुन्छ। उहाँका दुई छोरा मुलुक बाहिर रहेकाले उहाँहरु आएपछि अन्त्येष्टि कार्यक्रम हुने पारिवारिक स्रोतबाट जानकारी दिइएको छ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories