ललितकुष्ण निधन

admin Avatar

अखिल नेपाल फुटबल सङ्घ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको गएराति करेन्ट लागेर निधन भएको छ। भूकम्पका कारण मङ्गलबजारमा रहेको पुरानो घरमा क्षति पुगेर बस्न नमिल्ने भएपछि शुक्रबार मात्रै भैंसेपाटीस्थित नयाँ घरमा सरेका ४९ वर्षीय श्रेष्ठको सो घरको वाइरिङ मिलाउने क्रममा करेन्ट लागी निधन भएको हो।

करेन्ट लागेलगत्तै परिवारका सदस्यले उपचारका लागि अल्का अस्पताल लगेपनि चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि बिहान ७ देखि ९ बजेसम्म थ्रीस्टार क्लब मङ्गलबजार र ९ बजेपछि अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिएको थियो। संबिधानसभा अध्यक्ष सुवास नेम्वाङ लगाएतले श्रेष्ठ प्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन्। अढाइ दशकभन्दा लामो समयदेखि मुलुुकको फुटबल खेलमा समर्पित थ्रीस्टार क्लबका अध्यक्षसमेत रहेका श्रेष्ठको अकल्पनीय निधनले सम्पूर्ण खेल क्षेत्रमा ठूलो क्षति पुगेकोे छ। तीन कार्यकाल थ्रीस्टार क्लबको अध्यक्ष भइसक्नुभएका श्रेष्ठको व्यावसायिक फुटबलमा पनि महत्वपूर्ण योगदान रहँदै आएको छ।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories