राहत तथा पुननिर्मार्णका लागि स्थानीयस्तरमा राजनीतिक संयन्त्र गठन गर्न निर्देशन

Naresh Ale Avatar

राष्ट्रिय विपद व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले राहत तथा पुननिर्मार्णका लागि स्थानीयस्तरमा राजनीतिक संयन्त्र गठन गर्न निर्देशन दिएको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले भूकम्प प्रभावित जिल्लामा सर्वदलीय राजनीतिक संयन्त्र एक साताभित्र गठन गरेर विपत व्यवस्थापनको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको हो।

त्यस्तै बैठकले केन्द्रमा दुई दिनभित्र राजनीतिक संयन्त्र गठन गर्न समेत सरकारलाई निर्देशन दिएको छ। समितिले भूकम्प प्रभावित क्षेत्रमा राहत,पुनस्र्थापना र पुननिर्माणका कार्यक्रमलाई सर्वदलीय संयन्त्रको माध्यमबाट विभेदरहित र प्रभावकारी बनाउन निर्देशन दिएको छ।

बैठकले भूकम्पबाट भत्किएका संरचना र पहिरोका कारण पुरिएका व्यक्तिहरुको खोजी र उद्धारको बाकि काम तत्काल गरि सो को बिबरण उपलब्ध गराउन पनि सरकारलाई निर्देश गरिएको छ। भूकम्पपछि सिर्जित अस्तव्यस्तताको मौका छोपी पसल बन्द गर्ने , कालेवजारी वजारी गर्ने , गुणस्तरहिन र म्याद नाघेका खाद्य बस्तुहरु बिक्री बितरया गर्नेलाई कारवाही गर्ने व्यबस्था मिलाउन पनि सरकारलाई निर्देशन दिईएको समिति सभापति सुवास नेम्वाङले जानकारी दिनुभयो। बैठकले महाविपत्तीको अफवाह फैलाउनेलाई कानुनी दायरामा ल्याउन पनि सरकारलाई निर्देश गरेको छ ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories