राष्ट्रिय सहमतीको सरकार निर्माणको कार्यले संविधान र पुर्नःनिर्माण ओझेलमा पर्ने

admin Avatar

नेकपा मालेका महासचिब सि पि मैनालीले वर्तमान समयमा राष्ट्रिय सहमतीको सरकार निर्माणको कार्यले संविधान र पुर्नःनिर्माण ओझेलमा पर्ने बताउनु भएको छ। रफत सञ्चार क्लव भक्तपुरमा बिहीबार गरेको पत्रकार सम्मेलनमा बोल्दै मैनालीले विपतका समयमा सरकारले पुर्नःनिर्माणको काम गर्नु पर्ने र संविधान निमार्ण पश्चात राष्ट्रिय सहमतीको सरकार बनाउन अग्रसर नबन्न यो कुकुर लडाईका रुपमा परिणत हुने बताउनु भयो।

मैनालीले राजनीतिक दलहरुले राष्ट्रिय स्वयंव सेवक दलको गठन तर्फ जोड दिएर अग्रसर बन्नु भन्दा पनि विभिन्न भातृ संगठनलाई स्वयंव सेवकका रुपमा परिचालित गरेर गाँउ गाँउमा आफ्नो दलको तरवार पठाएको र यसले भावि द्धन्द्धको बीउ रोपेको टिप्पणी गर्नु भयो। मैनालीले विपतका समयमा नीति विपरित गएर दलहरुले ठूलो मात्रामा आर्थिक चलखे गर्दै प्रति व्यक्ति १० औं हजार खर्चेर जसरी स्वयंसेवक परिचालन गरेको भन्दै खर्चको हिसाव नेपालीले पाउनुु पर्ने माजोड दिनुभयो। उहाले स्वयंव सेवक परिचालनका नाममा एन जियो र आई एन जियोको डलरले देशमा विदेशिको चलखेल बढाएको आरोप समते लगाउनुभयो।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories