रामचन्द्र पौडेल

admin Avatar

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले श्रमको सम्मान गर्ने संस्कृति नै समाजवाद भएको बताउनुभएको छ। काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाको नेतृत्वमा रसुवा जिल्लामा विद्यालय र घरटहरा बनाउन जान लागेका पार्टीका सय जना कार्यकर्ताको टोलीलाई स्थानीय माछापोखरीबाट बिदाइ गर्दै नेता पौडेलले नवनिर्माणको अभियानमा सबै एक भएर जुट्नुपर्ने बताउनुभएको हो।

उहाँले छरिएर रहेका बस्तीलाई बिजुली, खानेपानी, स्वास्थ्य, बजार, उद्यान, शिक्षा, स्वास्थ्यजस्ता आधुनिक सुविधा उपलब्ध गराएर उपयुक्त भौगोलिक संरचनामा एकीकृत बस्ती बसाल्नुपर्ने समय आएको समेत बताउनुभयो। युवा नेता थापाले आफ्नो नेतृत्वको टोलीले रामेछाप, सिन्धुपाल्चोक, दोलखा, नुवाकोटर धादिङका २ सय २० घरलाई जस्तापात उपलब्ध गराएको र ८० भन्दा बढी घरसहित विद्यालय निर्माणको कामलाई तीव्रता दिएको बताउउनुभयो। टोलीले सात दिनसम्म श्रमशिविर चलाउने जनाइएको छ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories