रक्तदाता दिवस

admin Avatar

विश्व रक्तदाता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाईएको छ। दिवसको अवसरमा सरकारी तथा गैरसरकारी संघ संस्थाले अन्तरक्रिया, साइकल ‍¥याली, प्रभातफेरी, चित्रकला, बक्तृत्वकला लगायतका कार्यक्रमको आयोजना भएको छ। मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्याण्डस्टिनरको जन्मदिन पारेर सन् २००४ देखि हरेक वर्ष जुन १४ तारिखमा विरामीको ज्यान बचाउन सहयोग गर्ने रक्तदातालाई धन्यवाद दिन तथा सम्मान गर्न दिवस मनाउन थालिएको हो।

नेपालमा पहिलोपटक समाजसेवी दयावीरसिंह कंशाकारले रक्तदान गरेर अभियान थालेयता १ लाख ७० हजार भन्दा बढिले रक्तदान गरेका ब्लड डोनर्स एसोसिएसन नेपालले जनाएको छ। जनचेतनाका कारण रक्तदाताको संख्या पछिल्लो समय बढ्दै गएको सरोकारवालाहरु बताउँछन्। तर रगत संकलन प्रक्रिया व्यवस्थित नहुँदा रक्तदाताको संख्या बढेपनिसमयमै रगत पाउन नसकेर बिरामी र उनीहरुका आफन्तले सास्ती झेल्नु परेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०११ मा संसारभर झण्डै ८ करोड ३० लाख स्वयंसेवी रक्तदातालेरक्तदान गरेका थिए। स्वयंसेवी रक्तदाता रगतकोसबैभन्दा सुरक्षित श्रोत भएको र त्यस्ता रक्तदाताको रगतबाट रगतका कारण उत्पन्न हुने संक्रमण कम हुने गरेको भन्दै संगठनले स्वयंसेवी रक्तदानमा जोड दिएको छ। संगठनका अनुसार संसारमा कम्तीमा ६० देशमा शतप्रतिशत रगत आपूर्ति स्वयंसेवी रक्तदाताबाट हुने गरेको छ।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories