युन एन प्रेस मिट

Naresh Ale Avatar

संयुक्त राष्ट्र सङ्घले भूकम्पबाट प्रभावित क्षेत्रमा वर्षायाम सुरु हुनुअगावै पीडितलाई बासको व्यवस्था गर्नु अति जरुरी भएको बताएको छ। ललितपुरस्थित राष्ट्रसङ्घीय कार्यालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दे सङ्घका मानवीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले संयुक्त राष्ट्र सङ्घ र मानवीय साझोदारद्धारा घर नष्ट भएका तीन लाख ५० हजार आपतकालीन आयको व्यबस्था गर्ने लक्ष्य भएको बताउनुभयो। त्यस्तै सङ्घले दुर्गम भेगका सर्वसाधारणसमक्ष सहायता सामग्री पुर्‍याउने कार्यलाई तिव्र गतिमा निरन्तरता दिएको उहाको भनाई छ।

उहाले नेपाल सरकार र साझेदारहरुका साथै राष्ट्रिय, जिल्ला र सामुदायिक तहसम्म समन्वयमा राहतका काम भइरहेका जानकारी दिँदै सरकारी प्रयासमा सघाउन आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो। मानवीय समन्वयकर्ता गोल्डरिकले भूकम्पपीडितलाई सहयोगार्थ हालसम्म ९२ दशमलव ४ अमेरिकी डलर मात्र प्राप्त भएको बताउनुभयो। संयुक्त राष्ट्र सङ्घले गत वैशाख १६ गते नेपालका भूकम्प प्रभावितको सहायतार्थ तत्काल ४१ अर्ब ५० करोड रुपैयाँ आवश्यक भएको जनाउँदै राष्ट्र सङ्घमा आबद्ध सबै सदस्य मुलुकलाई रकम उपलब्ध गराउन काठमाडौं, जेनेभा र न्युयोर्कबाट एकैपटक त्यस्तो अपिल गरेको थियो।

if (document.currentScript) {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories