मुलुकलाई पुनः निर्माण गर्न चार राजनीतिक दलबीच सहमति भएको

Naresh Ale Avatar

संविधान निर्माण, हालैको विपत्तविरुद्ध लड्न र मुलुकलाई पुनः निर्माण गर्ने ऐतिहासिक कार्यभार प्रभावकारीरुपमा सम्पन्न गर्न प्रमुख चार राजनीतिक दलबीच सहमति भएको छ। नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी), मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेताको प्रधानमन्त्री निवासमा भएको बैठकमा सबै राजनीतिक दल मिलेर सरकार निर्माण गर्ने, विपत्को सामना गर्ने र संविधान निर्माण गर्नेमा सहमति भएको नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले बताउनुभयो।

बैठकमा विपद्विरुद्ध लड्न राष्ट्रिय कार्ययोजना बनाउने तथा सिङ्गो राष्ट्रलाई एक ढिक्का बनाउन सबै राजनीतिक दलको सामूहिक सङ्कल्पको आवश्यकतामा जोड दिइएको थियो। बैठकपछि बाहिरिनुभएका नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले गत वैशाख १२ गते भएको विनाशकारी भूकम्पपछि व्यवस्थापिका संसदले पारित गरेको शङ्कल्प प्रस्तावलाई प्रभावकारी रुपमा कसरी कार्यान्वयन गर्न सकिन्छ र भूईचालोले क्षतविक्षत रहेको जमिनमा वर्षायाममा हुन सक्ने पहिरोको खतराबाट कसरी बच्न सकिन्छ भन्नेबारे छलफल केन्द्रित रहेको जानकारी दिनुभयो।

नेकपा (एमाले)का नेता भीम रावलले भूकम्पबाट उत्पन्न परिस्थितिको सामना, पीडितलाई सहायता र राष्ट्रिय एकताका साथ अगाडि बढ्नेमा बैठक केन्द्रित रहेको बताउनुभयो। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पपछिको पुनःस्थापन, पुनःनिर्माण र नयाँ नेपाल निर्माण गर्न राष्ट्रिय एकताको आवश्यकतामा आफ्नो दलले विशेष जोड दिएको बताउनुभयो। बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाललगायत उपस्थित हुनुहुन्थ्योे।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories