मस्यौदा समिति

admin Avatar

संबिधानसभा अन्र्तगतको मस्र्यौदा समितिले आईतबारबाट नया संबिधानको मस्यौदा लेख्न सुरु गरेको छ। यसअघि शुक्रवार बसेको संविधानसभा बैठकले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन पारित गर्दै मस्यौदा लेख्न निर्देशन दिएपछि मस्र्यौदा समितिले कार्य सुरु गरेको हो। संविधान लेखनकै क्रममा चार दलीय सहमतिमा असन्तुष्ट दलहरुलाई पनि सकेसम्म समावेश गराउन कोशिस गरिने समितिका सभापति सिटौलाले बताउनुभयो । सिटौलाले संविधानसभाले दिएको समयसीमाभित्र मस्यौदा लेख्ने काम कुनै हालतमा पूरा गर्नुपर्ने भन्दै आफ्नो जिम्मेवारीप्रति गम्भिर हुन समितिका सदस्यलाई आग्रह गर्नुभयो।

संविधानसभा बैठकले मस्यौदा तयार गर्न मस्यौदा समितिलाई १५ दिनको समय दिएको छ। संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको छलफल सकाएपछि सभाको बैठकले पहिलो मस्यौदा बढीमा १५ दिनभित्र ल्याउन समितिलाई निर्देशन दिएको थियो। दुई तिहाईभन्दा बढी बहुमतले अनुमोदित संवैधानिक समितिको प्रतिवेदनमै आधारित भएर असार १३ गतेभित्र मस्यौदा समितिले नयाँ संविधानको मस्यौदा पेश गर्नुपर्नेछ। चार दलको सहमतिमा राप्रपा नेपालले विमती जनाएको छ भने फोरम नेपाल, तमलोपा, संघीय समाजवादी दल, सद्भावना र तराई मधेश सद्भावनालगायत दलले विरोध गरिरहेका छन्।

}

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories