जाँदाजाँदै प्रधानन्यायधीशद्वारा आफूले गरेका मुख्य कामको समिक्षा

rajendra bhatta Avatar

काठमाडौं – हिजो देखि अवकास पाएका प्रधानन्यायाधीश रामकुमार प्रसाद साहको कार्यकालका मुख्य कामहरु सर्वोच्च अदालतले सार्वजनिक गरेको छ। प्रधानन्यायधीश साहको कार्यकालमा सम्पन्न भएका मुख्य कामहरु १४ वटा छन भने गर्न नसकेका २ वटा कामहरु छन्। समिक्षामा उल्लेख मुख्यमुख्य कामकारबाही यस्ता छन्ः
१। पेशी तथा इजलास व्यवस्थापनमा नियमीतता
२। न्यायीक सदाचार,अनुगमन निरिक्षण,सुपरीवेक्षण,गुनासो व्यवस्थापन र समसामयिक सुधार,
३।मुद्दा व्यवस्थापनमा सुचना प्रविधिको प्रयोग र क्षमता अभिवृद्धि÷मुद्दा प्रवाह व्यवस्थापन सुधारमा विषेश पहल,
४।सर्वोच्च अदालतमा पुराना मुद्दा फस्छ्र्यौटमा विषेश पहल,
५। जिल्ला तथा पुनरावेदन अदालतहरुमा मुद्दा फछ्र्यौटको अवस्था,
६। फैसला कार्यान्वयन विषेश अभियान,
७। सायंकालीन अदालतको सेवा प्रारम्भ,
८। न्यायाधीशहरुको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,
९। बहस व्यवस्थापनको थालनी,
१०।जनशक्ति व्यवस्थापन ९न्यायाधीश नियुक्ति तथा कर्मचारी पदपूर्ति०
११।न्यायपालीकाको अन्तराष्ट्रिय सम्बन्ध विस्तार एवं सुदृढीकरण, 
१२। सुरक्षा प्रवन्धमा भएको पहल,
१३,भूकम्पबाट उत्पन्न विपद्का कारण प्रभावित न्यायपालिकाको व्यवस्थापन,
१४।वातावरण सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा सहभागीता,

उनको कार्यकालमा गर्न नसकिएका कार्यहरु भने जम्मा दुईवटा छन्,
१। न्यायाधीश नियुक्ति,
२। विविध चुनौतिरसमस्याहरु
न्यायाधीश नियुक्ती न्यायपरिषद बैठक अनिर्णित हुनु र परिषद् सदस्य उपेनन्द्र केशरी न्यौपानेले राजीनामा दिएपछि प्रभावित भएको उल्लेख छ। न्यायपालिकाको सुधार र संस्थागत सुदृढीकरण हुन नसक्नुमा ट्रेड युनियनलाई दोषी मानिएको छ। प्रधानन्यायाधीशको कार्यकालमा सुधारका काम गर्न उनीहरु बाधक भएको र अन्य कतिपयकार्यहरुले ‘गलत तत्व हावी भएका कर्मचारीहरु’का कारण अपेक्षित गति लिन नसकेको समिक्षामा उल्लेख छ।

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories