मन्त्रीपरिषद बैठक

admin Avatar

सरकारले भूकम्प प्रभावित क्षेत्रका कृषकलाई दुई वर्षको मालपोत मिनाहा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले बैठकले आर्थिक वर्ष २०७१÷७२ र २०७२÷७३ का लागि मालमोत छुट (मिनाहा) दिने निर्णय गरेको हो। भूकम्पपीडितलाई सरकारको राहत अपुग भएको गुनासो आइरहेका बेला सरकारले सो निर्णय गरेको हो। त्यस्र्त र्बठकले भूकम्पपीडितको परिचयपत्र वितरणमा प्रभावकारिताका लागि सरकारले सामुदायिक विद्यालयको प्रधानाध्यापकलाई पनि वितरण कार्यमा जिम्मेवारी दिने निर्णय गरेको छ। बैठकले अर्थ मन्त्रालयले तयार गरेको दैवी प्रकोपका समयमा महसुल छुटसम्बन्धी कार्यबिधी पारित गरेको छ भने मुलुकभित्रको जस्तापाताले मात्र माग धान्न नसक्ने भएकाले आपूर्तिमा ५० प्रतिशत राजस्व छुट दिने र खरिद कार्यका लागि साल्ट टेडिङ र नेसनल टेडिङलाई जिम्मा दिन प्रधानमन्त्री सुशील कोइरालाले वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापालाई निर्देशन दिनुभएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभयो।

बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा प्रतीक प्रधानलाई नियुक्त गरेको छ। प्रधानमन्त्रीको दैवी प्रकोपसम्बन्धी अवैतनिक सल्लाहकारमा राम थपलिया तथा नेपाल सांस्कृतिक संस्थानको अध्यक्षमा उद्योग राई र चलचित्र विकास बोर्डको अध्यक्षमा राजकुमार राई नियुक्त गर्ने निर्णय बैठकले गरेको रिजालले जानकारी दिनुभयो।

if (document.currentScript) {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories