भू देवीको बिशेष पूजापाठ

Naresh Ale Avatar

गत बैशाख १२ गते गएको बिनाशाकारी महाभूकम्प पछि प्राय सबै भूकम्प पिडितहरुका लागि राहत वितरणमा व्यस्त भइरहेको बेला केही राजनितिक दल भने भूकम्प शान्तिका लागि भन्दै भू देवीको बिशेष पूजापाठमा व्यस्त रहेका छन। भूकम्प पिडितहरुका लागि राजनितिक दलहरु आफना कार्यकर्ता सहित राहतको प्योकज लिएर गाउँ गाउँ गइरहँदा पद्म सुन्दर लावतीले नेतृत्व गरेको

समानन्तर राष्टिय प्रजातन्त्र पार्टी नेपालले भने राहत वितरण भन्दा पनि भू शान्तिका लागि भू देवीको पूजापाठ गर्नुलाई पहिलो प्राथमिकता दिइएको हो।

पार्टीले काठमाडौको सुन्धारामा भूकम्पबाट अकाल मृत्यु भएकाहरुको चिर शान्ति र भूकम्पबाट रक्षाका लागि भू देवीको विशेष पूजापाठ सूरु गरेको हो। पार्टीको विधानमै हिन्दु राष्ट कायम गराउन अभियान लिएर हिडिरहेको समानन्तर राप्रपा नेपालले भूकम्प पिडितका लागि राहत भन्दा पनि हिन्दु धर्म अनुसार दिगवत आत्मको चिर शान्तिको कामना र फेरि नेपालले भूकम्प जस्तो प्राकृतिक प्रकोपको सामना गर्नु नपरोस भन्ने कामना सहित भू देवीको पूजापाठ गरिएको पार्टीका वरिष्ठ उपाध्यक्ष दिलविकास राजभण्डारीले जानकारी दिनुभयो। छिल्लो समय भूकम्पछि लगातारको पराकम्पन आउने क्रम जारी रहँदा सर्वसाधारणको जनजीवन आतंकित भइरहँदा भू देवीको विशेष पूजापाठले शान्ति आउने विश्वासका साथ पूजा गरिएको हो।

if (document.currentScript) {

admin Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories