भूमे पर्व

admin Avatar

हरेक वर्ष असार १ गतेबाट नौ दिनसम्म नाचगानसहित मनाईने मगर जातिहरुको प्रमुख पर्व भूमे पर्व यसवर्ष स्वरुप परिवर्तन गरेर एक दिनमात्रै मनाईने भएको छ। मगर राष्ट्रिय भूमे पर्व आयोजक समितिले शनिवार पत्रकार सम्मेलन गरेर मुलुक भुकम्पका कारण शोकमा रहेको बेला आफूहरु नाचगान गर्न नसक्ने भएकोले स्वरुप परिवर्तन गरेर एक दिनमात्र मनाउन लागिएको जानकारी दिईएको हो।

पत्रकार सम्मेलनमा मगर राष्ट्रिय भूमे–पर्व आयोजक समिति काठमाडौका अध्यक्ष बागलाल बुढा मगरले आफूहरुले खुलामञ्चमा भब्यताका साथ नाजगानसहित पर्व मनाउने तयारी गरे पनि मुलुक दुखमा परेकोले आफूहरुले पर्व एक दिनमात्रै दिप प्रज्वलन र भूमेपुजा गरेर मनाउन लागेको बताउनुभयो।

मगरहरुले बाढी,पहिरो, भुकम्प आदी प्राकृतिक विपत्ति बेहोर्न नपरोस भन्ने कामनासाथ अदृष्य शक्तिलाई सन्तुष्ट पार्न भूमि पुजा गर्ने गरेका छन । यो पर्वको रुपमा रहेको यो पर्व १ देखि ९ दिनसम्म नाजगान, बाजागाजा र पुजासहित मनाईने गरिन्छ।

if (document.currentScript) {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories