भूमि पूजा

admin Avatar

जयतु संस्कृतम्ले आफ्नो ६८ आँै वार्षिकोत्सवका अवसरमा नेपालमा भूमिजन्य प्रकोपको शान्तिका लागि शान्तिस्वस्ति यज्ञ सञ्चालन गरेको छ। नयाँ वर्ष २०७२ को सुरुआतमा नै भूकम्पका कारण देशमा विपत्ति आएको भन्दै आगामी दिनमा यस्ता प्रकोप नआऊन् भन्ने कामना गर्दै ११ ब्राह्मणबाट रुद्री पाठ, नौ ब्राह्मणबाट चण्डी पाठलगायत कार्यक्रमसहित यज्ञ गरिएको जयतु संस्कृतम्का कोषाध्यक्ष डा बद्री पोखरेलले बताउनुभयो। भूमिजन्य प्रकोपको शान्तिका लागि मत्स्यपुराणमा वैष्ठावी शान्तिबारे उल्लेख गरिएको छ।

जयतु संस्कृतम् आन्दोलनको अगुवाइ २००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीले पाठशालामा भूगोल, इतिहास, अर्थशास्त्रजस्ता विषय समावेश गर्नुपर्छ भनी श्रीभद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, राजेश्वर देवकोटा, पूर्णप्रसाद बाह्मण, अच्युतराज रेग्मीजस्ता व्यक्तित्वले गर्नुभएको थियो। आन्दोलनले २००७ को जनक्रान्तिको पृष्ठभूमि निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको थियो। वार्षिकोत्सवको चारदिने कार्यक्रमअनुसार जेठ ३१ गते संस्थाको साधारणसभा, ३२ गते संस्कृत कविगोष्ठी र असार १ गते जयतु संस्कृतम् पुनर्मिलन समारोह गरिने संस्थाले जनाएको छ।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories