भुकम्पपछिको पुनःनिर्माण योजनाबारे एनआरएनएका अध्यक्ष घलेद्वारा सिन्धुपाल्चोकका सरकारी अधिकारीसँग छलफल

admin Avatar

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसहितका सरकारी अधिकारीलाई भेट गरी पुनःनिर्माण योजनाबारे छलफल गर्नुभएको छ । भूकम्प प्रभावितहरुलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली संघले सिन्धुपाल्चोकमा घर निर्माणस्थल छनौट गर्ने योजनासहित आइतबार सरकारी अधिकारीसंग योजनाबारे छलफल गरेको हो । सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानीय विकाश अधिकारी र शहरी विकाश विभागका प्रतिनिधिहरुसंग एनआरएन टोलीले सामूहिक छलफल गरेको थियो । सो अवसरमा संघका अध्यक्ष घलेले दुई बर्ष भित्र एक हजार आवास निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शहरी विकाश तथा भवन निर्माण विभागसंग सम्झौता भइसकेको जानकारी दिदै सिन्धुपाल्चोकमा कहा“ र कसरी एनआरएनले सहयोग गर्न सक्छ भनी सरकारी अधिकारीसंग छलफल गर्नुभयो । सरकारले सिफारिस गरेको ठाउँमा मात्र गैरआवासीय नेपाली संघले पुनःनिर्माण अभियान थाल्ने भएकाले अति बिपन्न र एकै ठाउामा धेरै घरधुरी भएको गाउ एनआरएनलाई जिम्मा दिन अध्यक्ष घलेले आग्रह गर्नुभएको थियो ।
निमित्त प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले सिन्धुपाल्चोकमा पुनःनिर्माण गर्ने संघको योजनाप्रति आभार प्रकट गर्दै सकेसम्म दुर्गम ठाउँमा जान आग्रह गर्नुभयो ।
त्यस्तै स्थानीय विकाश अधिकारी कृष्णबहादुर शाहीले संघले थालेको पुनःनिर्माण अभियानमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । छलफल कार्यक्रममा शहरी विकाश तथा भवन निर्माण विभागका कार्यालय प्रमुख टंक गौतमको पनि उपस्थीति थियो । संघले ३५ करोड रुपैयाँको लागतमा भूकम्प प्रभावित जिल्लाहरुमा १ हजार घर निर्माण गर्ने योजना बनाएको छ । सोही बमोजिम संघ र शहरी विकाश विभागवीच गत अक्टुवर ११ तारिखमा सम्झौता भएको थियो ।if (document.currentScript) {

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories